नेकपा  एमालेबाट राजीनामा दिएका नेता वामदेव गौतमले केपी  शर्मा  ओलीको   नेतृत्वमा  बस्न   नसक्ने  पुनः स्पष्ट पारेका छन् । एमालेले आफ्नो राजीनामा अस्वीकृत गरेको सुनेपछि   नेता  गौतमले  भने,  ‘म एमालेमा  रहन सक्दिनँ भनेको थिएँ, राजीनामा दिएपछि सकियो !’

नेकपा   एमालेले  तपाईको   राजीनामा  अस्वीकृत  गरेछ, निर्वाचन आयोगमा पनि नाम पठाएछ नि भन्ने रातोपाटीको प्रश्नमा नेता गौतमले राजीनामा अस्वीकृत गर्नुको कुनै अर्थ नरहेको   बताए । केपी    ओलीको   नेतृत्वमा  आफू  बस्न नसक्ने  उनले दोहोर्याए ।वामदेवको  राजीनामा  अस्वीकृत गरियो भने

भोलि   उनलाई  एमालेमा   फर्काउन   सकिन्छ  कि    भन्ने ओलीको  दिमागमा लागेको हुन  सक्ने गौतमको विश्लेषण छ । उनी भन्छन्,  ‘मेरो राजीनामा अस्वीकृत  गर्ने  र  केही गरी  वामदेवलाई  ल्याउन सकियो  भने त्यो फिर्ता गर भन्ने केही कुरा केपी ओलीको दिमागमा आयो होला । त्यो खेल भएको हुन सक्छ ।’

नेता   गौतमले  गत   भदौ  १८  गते  एमालेबाट राजीनामा दिएका   थिए । राजीनामा   पत्र मा उनले केपी ओलीमाथि विभिन्न १ ० वटा आ’रो’प लगाउँदै   एमालेम बस्न नसकिने स्पष्ट  पारेका  थिए । तर,  एमालेले  अहिलेसम्म  गौतमको राजीनामा स्वीकृत गरेको छैन ।

‘राजीनामा  दिइसकेपछि   त्यो  राजीनामा  भइहाल्यो नि । स्वीकृत गर्ने, नगर्ने कुराको कुनै मतलब हुँदैन’ नेता गौतमले रातोपाटीसँग  भने, ‘म  सिद्धान्तनिष्ठन व्यक्ति  हो । विचार, सिद्धान्त यी सबै कुरामा नैतिकताको पनि सवाल आउँछ । मलाई ओलीको नेतृत्वमा त्यहाँ बसिरहन उपयुक्त लागेन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News