बाजुराको  हिमाली  गाउँपालिका–२  बिच्छँयाकी जुनकला बुढा  साहूसँग  सयकडा  पाँच  रुपैयाँ  ऋण  काढेर चामल किन्न दुई दिन लगाएर कवाडी डिपो पुगिन् ।वि’पन्न परिवार की   बालिका  जुनकला महँगो  ऋण  काढेर  चामल किन्न जाँदा पनि  पाइनन् । तर, क’वाडी  डिपोमा एक दाना पनि चामल थिएन ।

दुई  दिन पैद ल हिँडेर चामल किन्न गएकी जुनकला चामल नपाएपछि   रुँदै  घर  फर्किन्  ।पाँचजनाको परिवार रहेको जुनकलाका   बुवा  बि”रामी छन् ।  आमा  अश’क्त छिन् । त्यसैले उनी आफैं चामल लिन टाढाको डिपोमा पुगेकी हुन् ‘आमा  हिँड्न सक्नु हुन्न । बि’रामी बुवा आउन सक्नुभएन, त्यसैले  म  आएँ । तर डिपोमा  चामल  नै   रहेनछ ,’ उनले आँखाभरि आँ’शु झा’र्दै भनिन् ।

रित्तो  हा त घर  जानुपर्दा  उनी  निकै  दुःखी छन् । ‘कोल्टी डिपो पुग्न  त्यहाँबाट  अझै  एकदिन  लाग्छ, उतै बास बस्नु पर्छ   । अब कसरी  रित्ता  हात  लिएर  घर  जानू ?’  उनले भनिन् ।जुनकला  जस्तै धर्मा  बुढा  पनि चामल नपाएपछि खाली  हात घर फर्केकी छन् । ‘हाम्रो दुःख सरकारले हेर्दैन, पैसा छ,  तर चामल किन्न  पाइएन,’ उनले  भनिन् । चामल नपाएपछि सिस्नोले छाक्क टार्ने उनले बताइन् ।

ठेकेदारले  समयमै चामल ढुवानी नगर्दा बाजुराको हिमाली गाउँपालिकामा   खाद्य   सं’क’  ट उत्पन्न  भएको   छ ।गत असोजमै  ठेकेदारले   हिमाली   गाउँपालिकाको   क’वाडी डिपोमा  चामल  ढुवानी  गरिसक्ने ठेक्का स’म्झौ’ता गरेका थिए । तर अहिलेसम्म ल्याउन  नसक्दा चरम खाद्य सं’क’ट भएको  हिमाली  गाउँपालिका–५ का  वडाध्यक्ष  अम्मलाल कार्कीले बताए ।

बिच्छँयामा  मात्र   चार  हजा र जनसंख्या   छ ।   स्थानीय उत्पादनले  वर्ष मा दुई महि ना पनि  खान पुग्दैन । हिमाली गाउँपालिका बाजुराको सर्वाधिक विकट गाउँपालिका हो । गाउँपालिका  पुग्न सदरमुकाम मार्तडीबाट एक साता लाग्ने गर्छ ।आर्थिक वर्ष ०७७–७८ मा मार्तडी शाखाका लागि नौ हजार एक सय चार क्विन्टल, कोल्टी शाखाका लागि आठ हजार क्विन्टल,

कवाडी  डिपोका  लागि  २२ सय क्विन्टल चामलको कोटा थियो  । गत  आर्थिक  वर्षको  सबै   चामल बिक्री गरेकाले संस्थान मा ताला  लगाएको  खाद्य   व्यवस्था तथा  व्यापार कम्पनी  लिमिटेड  मार्तडी  शाखा प्रमुख मेखराज ओझाले बताए । यो  आर्थिक   वर्षमा   मार्तडीका   लागि ६ हजार, कोल्टीका लागि  सात हजार र  कवाडी डिपोका लागि तीन हजार क्विन्टल स्वीकृत भएको छ ।

तर  ढुवानीको प्रक्रिया कुनै अगाडि नबढेको खाद्य व्यवस्था तथा  व्यापार  कम्पनी   लिमिटेड   बाजुरा   शाखा   प्रमुख मेखराज   ओझाले  बताए ।  दशंैमा  पनि  चामल आउने सम्भावना नरहेको उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News