९ असोज, न्यूयोर्क । संयुक्त राष्ट्रसंघीय महास भामा भारत र पाकिस्तानबीच चर्काचर्की भएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले नरेन्द्र मोदी नेतृत्वको सरकारमाथि मुस्लिम वि रु,द्ध ‘आतंक मच्चाइरहेको’ र भारतलाई मुस्लि,मरहित मुलुक बनाउन खोजेको आ,रोप लगाएपछि च,र्का,चर्की भएको हो ।

सयुक्त राष्ट्रसंघमा पाकिस्तानले बारम्बार भारत को आलोच    ना गर्दै आएको छ । तर यसपालिको बैठकमा खानले गरेको भाषण अलि आक्रामक थियो । किनभने उनले प्रधानमन्त्री नरेन्द्र मोदी लाई ‘भारतलाई मुस्लिममुक्त’ बनाउने अभियान मा लागेको आ,रोप लगाएका थिए ।

‘इस्लामोफोबिया (इस्लामप्रतिको घृणा, डर वा पूर्वाग्रह) को सबैभन्दा खराब र व्यापक प्रवृत्ति/रुपले यतिबेला भारतमा राज गरेको छ’, कोभिड सम्बन्धी सावधानीका कारण भिडियो मार्फ त् गरिएको सम्बोधनमा खानले भनेका थिए, ‘फासी वादी आर एसएस-विजेपी सत्ताले घृणाले भरिपूर्ण हिन्दूत्वको विचारधा रामार्फत् २० करोड भारतीय मुस्लिम समुदायविरु,द्ध डर र हिं,साको राज गरिरहेको छ ।’

खानले मोदीको भारतीय जनता पार्टी र एक शताब्दीअघि अर्थसैन्य दस्तासहित हिन्दू पुन र्जागरण आन्दोलन सुरु गरेको राष्ट्रिय स्वयंसेवक सं,घप्रति संकेत गर्दै उक्त भा,षण गरेका हुन् ।

मोदीको कार्यकालमा भारतको एक मात्र मुस्लिम बाहुल्य क्षेत्र काश्मिरले पाउँदै आएको विशेष राज्यको हैसियत खारेज भए को छ । मोदी सरकारको उक्त कदमको पाकिस्तानले विरोध गर्दै आएको छ ।

मोदीले ह्वा,इट हाउसमा भेटघाट गर्ने दिनमा नै बैठकलाई सम्बो धन गरेका खानले व्यापारिक स्वार्थका कारण ‘पूर्ण दण्डहीनता सहित’ भारतले मानव अधिकार ह,ननका घट,नाबाट उम्किएको बताएका थिए ।

भारतले विश्व मञ्चमा प्राय: पाकिस्तानको अभिव्यक्तिलाई बेवास्ता गर्दै आएको छ । तर शुक्रबार भने राष्ट्रसंघका लागि युवा भारतीय कुटनीतिज्ञ एवं भारतीय मिसनकी प्रथम सचिव स्नेहा दुबेले खानलाई कडा जवाफ दिएकी थिइन् ।

उनले पाकिस्तानमाथि अलकायदाका मा,,स्टरमाइण्ड एवं अमेरिकी विशेष फौजको कारबाहीमा अबोटावादमा मारिएका ओसामा बिन लादेनलाई आश्रय दिएको र जयजयकार गरेको आरोप लगाएकी थिइन् ।

‘यो (पाकिस्तान) त्यही मुलुक हो जसले अग्निनियन्त्रकको भेषमा आगो लगाउने गर्छ’ दुबेले आलोचना गर्दै भनिन्’, ‘पाकि स्तानले छिमेकीलाई मात्रै हानी गर्ने ठानेर आफ्नो आँगनमा आतं कवादी हुर्काउने गर्छ ।’

दुबेले पाकिस्तानका अल्पसंख्यकविरुद्धको हिं,सासँगै सन् १९७१ मा बंगलादेश स्वतन्त्र हुने बेलामा भएको ‘धार्मिक एवं साँस्कृतिक नर,संहार’माथि समेत जोड दिएकी थिइन् ।

‘भारत पाकिस्तान जस्तो मुलुक होइन’, दुबेले भनिन्, ‘भारत एउटा बहुलवादी लोकतन्त्र हो जहाँका अ,ल्पसंख्यक देशको उपल्लो तहसम्म पुगेका छन् ।’

खानले आफ्नो सम्बोधनमा पाकिस्तानले भारतसँग शान्ति चा,हेको बताएका थिए । तर दिगो शान्तिका लागि ‘जम्मू-काश्मिरमा जारी वि,वाद सुल्झिनु पर्ने’ उनको भनाइ थियो ।

खानको उक्त भनाइको जवाफ दिँदै दुबेले युनियन टे,रिटरी जम्मू-काश्मिर र लद्दाख ‘सधैंभर भारतको अभिन्न अं,ग रहने’ भनेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News