काठमाडौं : कञ्चनपुरमा सोमबार साँझ भार तीय तस्कर समूहको आक्रमणबाट नेपालका तीन जना सशस्त्र प्रहरी घा,इते भएका छन् । साँझ करिब ८ बजेको समयमा दोधाराचाँदनी नगरपालिका–८ को कञ्जभोज न,,जिकै नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका सशस्त्र प्रहरीको टोलीमाथि भारतीय तस्कर समूहले आ,क्रमण गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ नम्बर गण शैलेश्वरीले जनाएको छ ।

गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) वीरेन्द्र ऐर    का अनुसार नेपालतर्फ विभिन्न सामान तस्करी भइरहेको अवस्थामा सशस्त्र प्रहरीको गस्ती टोलीसँग भेट भएपछि उनीहरूले एक्का सि ढुंगामुढा गरेका थिए ।एसपी ऐरका अनुसार तस्कर समूहले आक्र,मण गरेपछि सशस्त्र प्रहरी टोलीले उनीहरूलाई निय न्त्रणमा लिने प्रयास गरेका थिए । तर ३०÷४० मिटरनजिकै भारतीय भूमि भएकाले उनीहरू लाई नियन्त्रणमा लिने प्रयास सफल भएन । त्यसपछि सशस्त्र प्रहरीले सोको जानकारी एसएसबी र भारतीय प्रहरीलाई दिए  को थियो । त्यसपछि भारतीय सुरक्षाकर्मीले सो घ,,,टनामा संलग्न एक जनालाई पक्राउ गरिएको जानकारी नेपाल पक्षलाई दिएको छ ।

भारतीय तस्कर समूहले डिउटीमा रहेका सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण गरेको यो नै पहि लोपटक होइन । ३१ जेठ २०७७ मा पनि भार तीय टोली र सशस्त्र प्रहरीबीच सर्लाही   को नारा यणपुर नाकामा झडप भयो । त्यसदिन अवैध रूपमा नेपाल पस्न खोजेका थोरै संख्याका भारतीयलाई रोक्न खोज्दा केही क्षणमै भेला भएका सयौं भारतीय व्यापारी सशस्त्र प्रहरी मा थि जाइलागेका थिए । प्रतिकारस्वरूप सशस्त्र प्रहरीले गोली चलाउँदा एक भारतीयको मृ,त्यु भयो भने तीन सशस्त्र प्रहरी र दुई भारतीय घाइते भए ।

यसअघि सोही वर्षको १८ जेठमा पनि जिल्ला को विष्णु गाउँ  पालिका–२ पकडीस्थित फेनहरा नाकामा खटिएका सशस्त्र प्रहरीमाथि ठूलो संख्या मा आएका भारतीय व्यापारीहरूले आक्रमणको प्रयास गरेका थिए । त्यतिखेर पनि उनीहरूले सशस्त्रको हतियार खोस्ने प्रयास गरेका थिए । तर, सशस्त्रले हवाइफायर गरेर भिड तितरबितर बनाएको थियो ।

४ साउन २०७७ मा पनि नेपाल–भारत सीमा क्षेत्रको अर्को नाका झापाको गौरीगन्ज गाउँपालिका–५ मा भारतीय तस्कर समूह सशस्त्र प्रहरी टोलीमाथि खनियो । त्यस दिन नेपाल–भारत सीमा क्षेत्रको १५२ नम्बर पिल्लर पूर्व मल्हाटोलीनजिकै भारतीय तस्कर समूह सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी माथि खनिएको थियो । झडपका क्रममा सशस्त्रका दुई जना जवान घाइते भएका थिए । हवाई फायरपछि तस्कर समूह फरार भएको त्यसबेला सशस्त्र प्रहरीले जनाएको थियो ।

यस्तै, कोरोनाका कारण सीमानाका बन्द रहेको अवस्थामा एक वर्षअघि दुई भारतीय महिलाला ई रौतहट प्रवेशमा रोक लगाउँदा भारतीयद्वारा सीमामा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण भएको थियो । त्यसक्रममा एक सशस्त्र प्रहरी हबल्दार घाइते भएका थिए । त्यसपछि स्थिति लाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले एक राउन्ड हवाई फायर गर्नुको साथै एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको थियो ।

त्यस्तै, सीमावर्ती भारत बहराइच जिल्लाको भादापुरुवाबाट आएका तीन÷चार जना भारतीयले एक वर्षअघि सशस्त्र प्रहरीमाथि आक्रमण गरेका थिए । जबर्जस्ती बर्दिया पस्न खोजेपछि उनीहरूलाई रोक्न खोज्दा सशस्त्र माथि आ,क्रमण गरिएको थियो । हतियारबिना तैनाथ सशस्त्र प्रहरीले खर्बुजा लिन नेपाल छिरेका भारतीयलाई नसोधेर किन नेपाल पसेको भन्दै सोधपुछ गर्दा वि,वाद भएको थियो

गुलरिया नगरपालिका—८ को ५७ नम्बर पिलरनजिक भारतीय नागरिकले त्यहाँ तैनाथ दुई जना सशस्त्र प्रहरीलाई दु,व्र्य,वहार गर्न थालेपछि स्थिति तनाव भएको थियो । सीमानजिक रहेको भारतीय गाउँ भादापुरुवाबाट पनि करिब २० जनाले लाठी लि एर नेपाली सीमाभित्र प्रवेश गरेर सशस्त्र प्रहरीमाथि आ,क्रमण गरेका थिए । त्यसबेला खेतमा काम गरिरहेका स्थानीयले प्रतिवाद गरी भारतीयलाई त्यहाँबाट लखेटेर भारत पठाएका थिए ।

नेपाल–भारत सीमा क्षेत्रमा बेलाबखत गस्तीमा खटिएका सुरक्षाकर्मीमाथि तस्कर समूहबाट आक्रमण हुँदै आएको छ । सीमाबाट हुने तस्करी रोक्ने जिम्मेवारी पाएको सशस्त्र प्रहरी लाई करिब १ हजार ८ सय ८० किलोमिटर क्षेत्रमा फैलिएको नेपाल–भारत सीमामा काम गर्नु चुनौतीपूर्ण छ ।

नेपालमा सीमा सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरीले पाएको छ । सीमा सुरक्षा र सीमामा हुने अवैध गतिविधि नि,यन्त्रण गर्नु सशस्त्रको दायित्व हो । आफ्नो जिम्मेवारी निर्वाह गर्ने सिलसि लामा कानुन पालना गर्नु सशस्त्रको दायित्व हो । त्यसैले सीमा क्षेत्रका त,स्करहरूका लागि सशस्त्र प्रहरी टाउको दुखाइको विष य बनेको छ । व,र्षौँदेखि सामान तस्करी गर्दै आए,,का भारतीय तस्करलाई सीमामा सशस्त्र प्रहरीको उपस्थिति चित्त बुझेको छैन ।

तस्करी गर्न नपाएकै कारण उनीहरूले बारम्बार सशस्त्र प्रहरी लाई तारो बनाएको सशस्त्र प्रहरी अधिकारीको भनाइ छ ।, याे समाचार आजको राजधानी दैनिकमा रोशन श्रेष्ठले लेखेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News