नेकपा एमालेको भातृ संगठन युथ फोर्स नेपालका मोरङ अध्यक्ष परशुराम बस्नेतकी कान्छी श्रीमतीलाई युथ फोर्सका संस्थापक अध्यक्ष तथा एमाले नेता महेश बस्नेतका भाइले सिन्दुर लगाइ दिएका छन् ।

बिहीबार साँझ महेशले सामाजिक सञ्जालमा भाइ र बुहारीको फोटो पोष्ट गरेर बधाइसमेत दिएका थिए ।तर,८ सय १८ कमेण्ट र ३ सेयर भएपछि उनले सामाजिक सञ्जालबाट उक्त पोष्ट हटाइदिए । महेशले पोष्ट हटाएपछि सबैले थप आशंका गरेका हुन् ।

परशुरामकी कान्छीलाई महेशको १३ दिने दाजुभाइमध्येका एउटा भाइले कान्छी बनाएर घर भित्र्याएका हुन् ।उनीहरु लामो समयदेखि लिभिङ टुगेदरमा रहेको युथफोर्स स्रोतले बताएको छ ।

कान्छी ल्याएपछि परशुरामले जेठीलाई हेलाँ गरेका थिए । अहिले कान्छीले छाडेपछि त्यही हेलाँ गरेकी जेठीसँगै बस्न थालेका छन् ।

यता महेश बस्नेत खलकका एक भाइले पनि उनलाई कान्छी श्रीमती बनाएपछि भक्तपुरकी जेठीको हालत पनि पातलो बनेको आफन्तहरु बताउँछन् ।

आफ्नी कान्छी श्रीमती पछिल्लो तीन वर्षदेखि भक्तपुर,,का बस्नेतसँग लिभिङ टुगेदरमा बसेपछि परशुरामले पार्टीमा उजुरी हालेको चर्चा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News