काठमाण्डौं जगदुल्ला गाउँपालिकाले आफ्नै प्रशासकीय भवन बनाएको छ । स्थानीय सरकार गठन भएको दोस्रो वर्षदेखि निर्माण सुरु गरिए को उक्त भवनको केही समय अघिमात्रै निर्माण सम्पन्न भएको थियो ।जिल्ला का आठ

स्थानीय तहमध्ये सबैभन्दा पहिला तयार पारेको सुविधा सम्पन्न प्र’शा’सकीय भवनको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरे । यससँगै मुख्यमन्त्री शाहीले वडा नं ६ मा कक्षा ५ सम्म पढ्न मिल्ने गरी बनाइ एको दलित आवासीय विद्यालयको समेत उद्घाटन गरे ।

गाउँपालिका भवन उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णाली सुनको थुप्रो भए“काले सदु‘पयोग गर्न जान्नु पर्ने बताए । कर्णालीका प्र’चुर सम्भावनाको सरकारले पहिचान गरिरहेको उल्लेख गर्दै उनले आफू नेतृत्वको “सरकारले नै

कर्णाली को भाग्यरेखा कोर्न दत्त“चित्त भएर लागि परेको बताए ।त्यस्तै अर्थमन्त्री गोपाल शर्माले जगदुल्ला हाइड्रो पावरले नै यहाँका जनताको भविष्य सुनिश्चित गर्नेमा जोड दिए । त्यस्तै पूर्व आन्त“रिक मामिला तथा का’नुन मन्त्री

नरेश भण्डारीले कर्णाली आनन्द प्राप्ति गर्ने भकारी भएको बताए ।भवन उद्घाटन कार्यक्रममा सरिक हुन मुख्यमन्त्री शाही, अर्थमन्त्री शर्मा, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, पूर्वमन्त्री भण्डारी, प्रदेशसभा सदस्य

बद्मीक्वारी बोहोरा लगायत अतिथि हेलिकोप्टर बाट जग दुल्ला पुगेका थिए । स्थानीय सरकार र सङ्घीय सरकार को साझेदारीमा रु साढे चार करोड लागतमा ३२ कोठे भवन निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष नारासिंह रोकायले जानकारी दिए ।

मु“ख्यमन्त्री शाही, मन्त्री बुढा र अध्यक्ष रोकाया लाई ४० किलोको मालाले सम्मान गरिएको गाउँपालिकाले जनाए को छ । कार्यक्रममा प्रदेशसभा सदस्य वीरबहादुर शाही, पूर्वमन्त्री नरबहादुर बुढा, अनि प्रजिअ माधवप्रसाद ढकाल लगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News