अभिनेता  सविन   श्रेष्ठ  अभिनित   फिल्म  ‘धन्दागिरी’  ले आइटम   गीत   ‘बारुली  बारुली’   सार्वजनिक गरेको छ । फिल्मको रिलिज मिति नजिकिँदै गर्दा निर्माण युनिटले थप प्रचार प्रसारका  लागि यो गीत  बाहिर ल्याएको हो । नरेन्द्र भट्टराई (एन.बि.अन्जान) को निर्देशन रहेको फिल्मको

सार्वजनिक  गीतमा मीना निरौलाको स्वर छ । गीतमा शब्द नारायण नेपाल  र संगीत  सूर्यकमल  राईको रहेको गीतमा संगीत   संयोजन  सञ्जय   हमालले   गरेका  हुन् । फिल्म दशैंको  अवसर  पारेर असोज  २६  गते  देशभर प्रदर्शनमा आउँदैछ   । फिल्ममा   सविनका   अलवा   छुल्ठिम गुरुङ, दिनेश खड्का, दिनेश डिसी, सुशील पोखरेल,

दीपक  क्षेत्री , बिएस राणा, विपना बस्नेत, सुवास गजुरेल, सुनिल   कटुवाल,  सविता  रेग्मी    लगायत    कलाकारको अभिनय देख्न सकिन्छ ।दिनेश खड्का एसोसिएट निर्माता रहेको फिल्मको कार्यकारी निर्माता कुमारप्रसाद ओझा हुन् कवि भक्त क्षेत्री र  फुर्वा दोर्जे तामाङ निर्माता रहेको फिल्म आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठ वितरक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News