आज  आइतबार  नेपालको स्थानीय बजारमा सुनको मूल्य स्थिर रहेको  छ । नेपाल  सुनचाँदी   व्यवसायी  महासंघका अनुसार  आज  गत  साताको   शुक्रबारकै  मूल्यमा सुनको कारोबार हुने भएको हो । जसअनुसार, महासंघले आजका लागि  छापावाल   सुनको मूल्य प्रतितोला ८९ हजार रुपैयाँ तोकेको छ ।

यस्तै, तेजाबी सुनको  मूल्य  ८८ हजार ५०० रुपैयाँ तोकिए को महासंघले जानकारी दिएको  छ ।गत साताको शुक्रबार पनि छापावाल र  तेजाबी सुनको मूल्य यही कायम थियो । आज   सुनको   मूल्य  स्थिर   भएपनि  चाँदीको  मूल्य भने घटेको छ ।  आज  चाँदीको  मूल्य  प्रतितोला  १० रुपैयाँले घटेको

महासंघले  बताएको  छ । गत  साताको शुक्रबार प्रतितोला ११ सय ६० रुपैयाँ रहेको चाँदीको मूल्य आज ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो पनि,, चालू  आर्थि क वर्षको   पछिल्लो   दुई महिनामा नेपालबाट   भारततर्फ   १६  अर्ब  रुपैयाँको  भटमास  तेल निकासी  भएको छ । भन्सार  विभागले सार्वजनिक गरेको साउन–भदौको तथ्याङ्कअनुसार १६ अर्ब रुपैयाँको भटमा स तेल निकासी  भएको हो । यस  अवधिमा  ७  करोड ३४ लाख  किलो   भटमासको  तेल  निकासी भएको विभागले जानकारी दिएको छ ।

पछिल्लो  समय  नेपालका  उद्योगीले ब्राजिल, अर्जेन्टिना र युक्रेन लगायतका देशबाट   कच्चा भटमासको  तेल ल्याएर भारततर्फ   निकासी गर्दैआएका छन् ।यस्तै, यस अवधिमा भारततर्फ  नै ४ अर्ब रुपैयाँभन्दा बढीको पाम तेल निकासी भएको छ ।  नेपालले  इण्डोनेशिया,   मलेसिया    सिंगापुर लगायतका  देशबाट  पाम   तेल ल्याएर भारततर्फ पठाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News