गुल्मी ।  चर्चित  बाल कलाकार  सचिन  परियारका   पिता तेजेन्द्र  परियार  नेकपा  माओवादीमा  प्रवेश  गरेका छन । उनीसँगै गुल्मीका दलित  अगुवा राजु परियार पनि माओवा दी केन्द्रमा प्रवेश गरेका छन ।आइतबार गुल्मी सदरमुकाम तम्घासमा भएको कार्यक्रममा

तेजेन्द्र र राजुले  नेकपा  माओवादीमा प्रवेश गरेर राजनीति क गतिबिधिमा  सरिक  हुने  निर्णय  लिएका हुन ।उनीहरू लाई नेकपा  माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य बुद्धि जिसीले  खादा  लगाएर  स्वागत  गरे ।नेपाल द’लित मुक्ती मोर्चा गुल्मीको बैठक तथा प्रशिक्षण कार्यक्रममा

उनीहरू  माओवादी  प्रवेश   गरेका हुन   ।परियारद्धयलाई माओवादीमा स्वागत  गर्दै नेता जिसीले दलितको अधिकार प्राप्तिका  लागि आफूहरू अगुवा बन्न तयार रहेको बताए ।उनले  पार्टी  भित्र  पनि  महत्वपूर्ण  जिम्मेवारी  दिएर अघि बढाउने प्रतिवद्धता जनाए ।गन्डकी छड्केबाट

यो पनि,, जनकपुरधाम :  प्रादेशिक अस्पताल जनकपुरमा एक कप   चियाको  मुल्य   ३७०  रुपैयाँ भुक्तानी दिईएको पाईएको  छ। प्रदेश २   को अस्थायी  राजधानी   जनकपुर धामस्थित  प्रादेशिक  अस्पतालमा एक कप चियाकाे ३७० रुपैयाँ खर्च गरेको पाइएको  महालेखा  परिक्षकको प्रतिवेद नमा उल्लेख छ।

अस्पतालले  करारमा  नियुक्त गरेको चिकित्सक, मेडिकल अफिस  र, स्टाफ  नर्स   लगायतका  १०९  जना  कर्मचारी कोरोना   महामारीको  समयमा  होटलमा  बसेर   एक कप चिया खाए वापत सो रकम खर्चिएको हो। करारमा नियुक्त डाक्टर, मेडिकल अफिसर, स्टाफ नर्सलगायतका कर्मचारी होटल तथा बैंकेटमा बसेको

चिकित्सकको  सिफारिसकोआधारमा   ठेक्का  दरअनुसार प्रति व्यक्ति आवासको १ हजार १ सय र चियाको ३७० का दरले ३८ लाख ९५ हजार खर्च गरेको पाईएको छ।आर्थिक कार्यविधि  नियमावली,  २०६४   को नियम  ३६   (८)  मा भुक्तानी पूर्व रीत पुगे÷नपुगेको चेकजाँच गरेर मात्र भुक्तानी दिनुपर्ने

व्यवस्थारहेपनि   अस्पतालले  सो  रकम   मनोमानी   खर्च गरेको देखिएको महालेखापरिक्षकको  प्रतिवेदनमा उल्लेख गरिएको हो। होटलमा बस्नुपर्दा खर्च गर्न पाउने मापद`ण्ड वा  निर्देशीका बेगर भुक्तानी  भएकोले यकिन गर्न नसकिए को महालेखापरीक्षकको  कार्यालयले  जनाएको छ।प्रादेशि क अस्पताल   जनकपुरले बिरामीको लागि खाना खुवाउने व्यवस्था गर्दा

सम्झौता  गर्नुपर्नेमा नगरी एक होटललाई प्रति बिरामी प्रति छाक ५०   रुपैयाँका  दरले आर्थिक वर्ष २०७६/७७ मा १३ लाख  ४८   हजार भुक्तानी   दिएको छ।  जबकी बिरामीले खाना खान नपाएको  गुनासो  पटक-पटक सञ्चार माध्यम मा आएपछि घरबाटै खाना   खुवाउने व्यवस्था मिलाईएको थियो।

प्रत्येक दिन बिरामी र खाना खुवाएको संख्या खुलाउनुपर्ने  मा सो   नगरी  होटलले  पेस  गरेको   निवेदन  र   बिलको आधारमा  मात्र  भुक्तानी  दिएबा ट वास्तविक  खर्च यकिन गर्न   नसकिएको   महालेखाको  ठहर   छ।   अस्पतालको बिरामी   अभिलेखसँग   भिडान   गरेर   मात्र भुक्तानी दिने व्यवस्था   कार्यान्वयन   गर्नुपर्ने   प्रतिवेदनमा  उल्लेख  छ। अन्नपूर्ण पोस्ट बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News