काठमाडौं – काठमाडौंबाट  विराटनगरका   लागि  उडेको बुद्ध एयरको  जहाज  अवतरण हुन नसकेर पुनः काठमाडौं फर्किइयो । झण्डै   दुई घण्टा   आकाशमा  ‘होल्ड’ गरेपछि जहाज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित  अवतरण  गराइएको  छ । उक्त   जहाज क्याप्टेन एजी  शेर्पाले  उडाएका   थिए । जहाजमा   चालक दलका सदस्यसहित ७७ यात्रु सवार थिए ।

सुरक्षित अवतरण  गरेपछि  क्याप्टेन  शेर्पासहितको   टोली लाई त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलमा  कर्मचारी र प्रहरी ले स्वा गत  गरेका छन् ।  जहाजबाट  ओर्लिएका  क्याप्टेन शेर्पालाई   अंकमालगर्दै सबैको शुभेक्षा प्रकट गरेका छन् । शेर्पाको साहसिक, धैर्यवान र कुशल कार्यले नै ७७ जनाको सुरक्षित फर्किएका हुन् ।

तर,  सोमबार  साँझबाट   पूर्वराजा  ज्ञानेन्द्र  शाह, पूर्वरानी कोमल  शाह, बुद्ध एयरका  क्याप्टेन  आङगेलु  शेर्पासहित बुद्ध  एयरका   कर्मचारीसहितको  एउटा  तस्वीर  भाइ’रल भएको  छ । के पूर्वराजा  ज्ञानेन्द्र  र  पूर्वरानी   कोमल त्यो जहाजमा  थिए ? स्वदेश  नेपालले फ्याक्ट चेक गरेको छ ।फेसबुकको एउटा ग्रुपमा प्रेम कोइराला लेख्छन्,

‘काठमाडौंबाट  विराटनगर  उडेको  बुद्ध एयरको जहाजमा सवार   राजारानीसहित   सम्पूर्णको   जीवन सुरक्षित रह्यो, राजारानीसँगै  रहेकाले  प्रायः   व्यक्तिहरूलाई ठुक्क थियो, जहाँ  राजा  छन्,  त्यहाँ भगवान   रहन्छन्  । जय देश जय नरेश । ’फेसबुकमै  पार्वती  थापाले लेखेकी छिन्, ‘साहसी क्याप्टेन आङगेलु शर्पाज्यू नमन!

आज  बुद्ध एयरको जहाजलाई ठूलो दु’र्घट’नाबाट जोगाएर ७७  जनाको ज्यान ब’चाउने भगवान!’ उनले पनि पूर्वराजा ज्ञानेन्द्रको   तस्वीर  पोस्ट  गरेकी  छिन् । फेसबुकमा अर्को पोस्ट  छ, विशाल  राजभण्डारीको ।   उनी  लेख्छन्, ‘जहाँ राजारानी  हुन्छ त्यहाँ   भगवानको   बास  हुन्छ  भन्ने  सही सावित भयो । आजको बुद्ध  एयरमा राजारानी पनि सवार थिए,   त्यही भए र भगवान  श्री   पशुपतिनाथको   कृपाले दु’र्घ’टना हुनुबाट जोगियो ।

’के   ज्ञानेन्द्र   र कोमल  विमानमा   थिए  ?दुई  घण्टादेखि काठमाडौंको आकाशमा  होल्ड  भएको   जहाज  सकुशल अवतरण   भयो । त्यसपछि   सबै  यात्रु गन्तव्यतिर लागे । कोही   भिआइपी छन्  कि  भन्ने  चासो   थियो ।  किनभने दिउसोको  कार्यक्रमका  लागि राजनीतिक दलका नेताहरू बिहानै विराटनगर जाने गरेका छन् । अब कुरा गरौं भाइरल भएको तस्वीरको ।

पूर्वराजा   ज्ञानेन्द्र   र पूर्वरानी   कोमलसँग क्याप्टेन शेर्पाले फोटो  खिचेका  रहेछन्  । तर, सोमबा र होइन   । भा’इरल भइरहेकामध्ये   एक  तस्वीरमा   सन् २०१०  अक्टुबर ११ तारिख  उल्लेख छ ।  अर्को तस्वीर सन् २०१२ तिरको भन्ने बुझिएको  छ । त्यस कारण   पूर्वराजा   ज्ञानेन्द्र  र पूर्वरानी कोमलको उक्त तस्वीर सोमबारको नभएको पुष्टि भएको छ ।

फोटो  भा’इरल भ  एपछि   स्वदेश   नेपालले   पूर्वराजाका सञ्चार सचिव फणिराज पाठकलाई सम्पर्क गरेको थियो । पाठकले पूर्वराजा ज्ञानेन्द्र काठमाडौंमै रहेको बताए । साथै ज्ञानेन्द्र   उक्त   जहाजमा  नरहेको  पनि  पुष्टि गरे । त्यसैले सोमबार  भाइ’रल भइरहेको  तस्वीर  पूरानो  हो  भन्ने पुष्टि हुन्छ । यद्यपि,  नेपालमा  राजतन्त्र गए पनि ज्ञानेन्द्र पक्षधर सानो जमात अहिले पनि छ ।

ज्ञानेन्द्रका   अनेक तस्वीर भा’इरल   बनाउने   काम  सोही समूहको  हो ।यसअघि,  जहाज  विराटनगरमा  ल्याण्ड हुन नसकेर   काठमाडौं    फर्किएसँगै      त्रिभुवन  अन्तर्राष्ट्रिय विमानस्थलमा  हाइअलर्ट  गरिएको  थियो ।  विमान  फोर्स ल्याण्डका लागि एम्बुलेन्स दमकल विमानस्थलमा राखिए को थियो ।यसरी भयो पाइलटको स्वागत (हेर्नुहोस् भिडियो)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News