काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली मिडियाका सम्पादकहरूसँग छलफल गर्ने भएका छन् । मंगलबार अपरान्ह नयाँ बानेश्वरमा छलफलको कार्यक्रम तय भएको हो ।

सरकारबाट बाहिरिएपछि एमाले अध्यक्षले पहिलोपटक सम्पा दकसँग छलफल गर्न लागेको हुन् । प्रधानमन्त्री छँदा पनि उनले बालुवाटारमा दुई–तीनपटक सम्पादकहरूसँग छलफल गरेका थिए ।

नेकपा एमालेले असोज १५ देखि १७ गतेसम्म विधान महाधि वेशन आयोजना गरेको सन्दर्भका साथै पछिल्लो राजनीतिक घटनाक्रमबारे कुराकानी गर्न ओलीले सम्पादकहरूसँग भेटघाट कार्यक्रमको आयोजना गरेको एमाले नेताहरुले बताएका छन् ।

सम्पादकहरूसँगको छलफल अपरान्ह ४ बजेपछि हुने एमाले नेता खिमलाल भट्टराईले जानकारी दिए ।

यो पनि,,विशेष अदालतले माग्यो चुडामणि शर्मासँग ५० लाख धरौटी

काठमाडौं : राजस्व अनुसन्धान विभागका तत्का लीन महा निर्देशक चु,डामणी शर्मासँग विशेष अदालतले ५० लाख रुपैयाँ ध,रौटी माग गरेको छ। सोमबार विशेष अदालतका सदस्यहरु अब्दु ल अजिज मुसलमान र नित्यानन्द पाण्डेय,,को इजलासले शर्मासँग ५० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

शर्मा तत्कालिन कर फर्छ्यौट आयोगका सदस्य सचिव समेत रहेका थिए। कर फर्छ्यौट आयो गले व्यवसायीहरुलाई कर छुट दिएर राज्यको षमा १ अर्ब ३३ लाख २० हजार ५८५ रुपैयाँ घाटा लगाएको आरोप लागेको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ९ गते शर्मासहित तत्कालिन आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रकाश ढकाल वि,रुद्ध भ्र,ष्टाचार मु?द्दा दायर गरेको थियो।

आदेशमा भनिएको छ,‘प्रतिवादीले कर फछयौट आयोगमा रहि कार्य गर्दा विभिन्न करदाताहरुको कर मिनाहा गरेको भन्ने मिसिल संलग्न प्रमाण हरुवाट देखिएको समेतका मिसिल संल,,ग्न तत्का ल प्राप्त प्रमाणबाट प्रतिवादी अहिले नै निर्दोष हुन्

भन्न सकिने स्थिति नदेखिएतापनि प्रतिवादी तत्काल भागी जाने वा प्रमाण नष्ट गर्नेसम्मको अवस्थापनि नदेखिएको र प्रस्तुत मु,द्दा पुरक आरोपका रुपमा दायर हुन आएकोमा यसै मुद्दा को मुल आ,रोपपत्रबाट यस अदालतमा दायर

रहेको मिति २०७४ सालमा यी प्रतिवादी उपर लिइएको आरो पदावी एवं यस अदालतबाट मिति २०७४।८।५ मा भएको थुनछेक आदेशका साथै प्रतिवादी उपर दायर प्रस्तुत पुरक आरोप पत्रबाट श्रृजना हुन सक्ने थप दायित्व समेतलाई विचार गरी पछि बुझ्दै जाँदा

ठहरे बमोजिम हुने गरी हाललाई विशेष अदालत ऐन २०५९   को दफा ७ को खण्ड (घ) बमोजिम प्रतिवादी चुडामणी शर्मा ढकालबाट रु.५०, ००,००० (पचास लाख रुपैयाँ) धरौट माग गरिएको छ।’ माग भएको धरौटी नगद वा बैंक जमानत दिन सके शर्मालाई तारेखमा राख्न विशेष अदालतले आदेश दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News