काठमाडौ । प्राविधिक समस्याका कारण वि‘राटनगरमा अवतरण हुन नसकी काठमाडौंमा फोर्स ल्याण्ड ग‘रिएको बुद्ध एयर का सबै यात्रु हरु फेरी विराटनगर जान पाएनन्  विमान मा ७३ यात्रु थिए । “जस मध्ये ४९ यात्रु लाई मात्र

सोमबार अर्को उडानबाट विराटनगर पठाइएको छ । बाँकी यात्रुहरुलाई भने बुधबार बिराटनगर पठाइने भएको छ ।प्राविधिक समस्याका कारण विराटनगर विमानस्थल मा अवतरण गर्न नसेको विमानलाई फेरी काठमाडौ ल्याएर नै

अवतरण गराइएको थियो विमान दुई घण्टा सम्मकाठमाडौ को विमानस्थल माथि आकासमा घुमिरहेको थियो । एन आई कलसाइनको उडान नम्बर–७०१ को विमान सोमबार बिहान ल्यान्डिङ गियरमा समस्या भएपछि विराटनगरवाट

फिर्ता आएको हो ।तर प्राविधिक समस्याका कारण विराट नगरवाट फर्किएका २३ जना यात्रु बुधवार मात्र विराटनगर जाने भएका छन् । दुर्घटनाबाट बचेका कतिपय यात्रु डरका कारण दोस्रो उडान मा“ जान मानेनन् । उनीहरु आफै केही

दिन पछि फर्कने निर्णयमा पुगेका थिए । “दुई घण्टा सम्म आकासमै विमानमा बसेर घुम्नुपर्दा यात्रुहरु निकै डराएका थिए ।सो विमानमा सवार ७३ जना मध्ये ४९ जना यात्रुहरु लाई बुद्ध एयरको कलसाइन नोभेम्बर डेल्टा’विमान मार्फत

सोमबार नै बिराटनगर पठाइएको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयले जनाएको छ । विराटनगरमा जानेमा दुईजना नाबालक छन्। भिडियो सामाजिक सञ्जा ल मा भाईरल छ सपोर्ट नगरेको कारण हामीले राख्न भने सकेनौ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News