प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडा नबाट आएका १७ जनालाई अवैध सुनसहित पक्राउ गरेको छ। प्रहरीले दुई दिनयता अवैध सुन ८ सय ९९ ग्रामसहित प,क्राउ गरेका सबैजना भरिया रहेका छन्।

प्रहरीले ट्याक्सी पार्किङ एरियाबाट १ सय ४९ दशमलव ५ ग्राम सुनको बाला ३ थानसहित २ जनालाई आइतबार प,क्राउ गरेको छ।   प,क्राउ पर्नेहरुमा भक्तपुर दुवाकोट बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-७ ठेगाना भएका

३३ वर्षीय समुन्द्र दंगाल र काठमाडौं बूढानील कण्ठ नगरपा लिका-१२ बस्ने संखुवासभा खाँद बारी नगरपालिका-११ ठेगाना भएका ४३ वर्षीय सन्तवीर राई छन्।

यस्तै आइतबार नै प्रहरीले विमानस्थलबाट ७५० ग्राम सुनको बाला १४ थान र सिक्री १ थान बरामद गरेको छ । उक्त धातुका बाला तथा सिक्री आफूहरुको नभइ मलेसियाको विमान स्थल र आसपासबाट नामथर स्प,ष्ट नखुलाएका व्यक्तिहरुले दिई पठाएको र उक्त सामान

काठमाडौं विमानस्थल आसपास तथा विभिन्न होटलहरुमा रिसिभ गर्न आउँने व्यक्तिलाई दिनु भनेर ल्याएको खुल्न आए पछि प्रहरीले उनी हरुको साथबाट सुन ब,रामद गरेको हो ।

सिंगापुर र मलेसियाबाट काठमाडौं आएका यात्रुहरुलाई सुन बोकाई भन्सार छली गर्न लगाई काठमाडौं विमानस्थलमा संकलन गर्न लागेको भन्‍ने सूचनाको

आधारमा अन्त,र्राष्ट्रिय विमान स्थल सुरक्षा का,र्यालयबाट खटिएको प्रहरीले वि,मानस्थलको विभिन्न स्थानहरु,बाट शं,कास्पद १५ जनालाई नियन्त्रणमा लिएको थियो।

पक्राउ परेका व्यक्तिहरुलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयले जनाए को छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News