नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा सत्तामा रहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रमुख प्रतिपक्षी दलका नेता छन् ।विगतमा ओली प्रधानमन्त्री हुँदा देउवा प्रमुख प्रतिपक्षी दलका नेता थिए । यी दुई नेताबीच

कमै मात्र टकराव देखिन्छ ।ओली “प्रधानमन्त्री हुँदा देउवा को राम्रै साथ पाएका थिए । कतिपय नियुक्तिहरु मा देउ’वानिकट हरुले ठाउँ पाए । संवैधानिक परिषदबाट भएका संवैधानिक निकायमा नियुक्ति सिफारिश ओलीको पालामा भएको थियो ।

जहाँ देउवानिकटस्थले उल्लेख्य स्थान पाएका थिए ।ओलीले प्रतिनिधि सभा विघटन गर्दा देउवाले चुनावको रटान लगाएका थिए । उनी प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भनिरहँदा भित्र भित्र चुनाव होस् भन्नेमा देखिन्थे ।उनले  पनि सार्वजनिक

रुपमा पनि चुनावका लागि तयार हुन भनिरहेका थिए ।घ‘टना क्रमले देउवालाई प्रधानमन्त्रीको कुर्सीमा चढायो जसमा उनी बढ्न आनाकानी गरिरहेका थिए । बरु चुनाव होस् भन्नेमा थिए परिस्थिति बद‘लियो । विघटनमा परेको प्र”तिनिधि सभा पुन

स्थापना भयो । देउवा प्रधानमन्त्री भए ।देउवा ज जस्को साथ पाएर प्रधानमन्त्री भए उनीहरुसँग मुद्दा र विचारका दृष्टिले निकै फरक छन् त्यसैले मन्त्रिपरिषद विस्तारमा साँढे दुई महिनालागि सकेको छ । एम”सीसीलगायत का विषयहरु पनि मतभेद को

विषय बन्न थालेका छन् । देउवा ए”मसीसी पा”रित गर्ने पक्षमा छन्  तर, प्रचण्ड र माधव नेपाल विपक्षमा देखिएका छन् यसले टकराव बढाउने सम्भावना बढेको छ प्रचण्ड र माधव नेपाल सँग मिलेर सरकार चलाउन सजिलो नहुने बुझाई देउवामा देखिन्छ ।

यसकारण पनि उनले ओलीसँग हात बढाइरहेका छन् । विश्वास पात्र समेत रहेका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई बाल कोट पटक-पटक पठाएका छन् ।उनले राजनीतिक सन्देशसहित कार्कीलाई पठाउने गरेका छन् । “यसभित्र अर्ली इ”लेक्शन को

उद्देश्य समेत लुकेको बुझ्न थालिएको छ कार्कीलाई १२ असोज मा विहान भेटेका ओलीले दिउँसो ताजा जनादेशमा जोड दिइरहे ।उनले अर्ली इलेक्शन देउवा सरकारले गर्दा पनि मान्य हुने स्पष्ट पारे । यसले राजनीतिकवृत्तमा तरंग आएको छ ।

देउवा र ओलीको चुनावबारे बोली मिल्दै आएको छ । देउवाले गत वर्ष नै चुनाव चुनाव भनेका थिए । उनले नुवाकोट, हेटौंडालगायतका स्थानमा पार्टी कार्यक्रममा चुनावको रटान लगाएका थिए । अहिले ओली त्यस्तै गर्न थालेका छन् ।

दुवैको अर्ली इलेक्शनमा बोली मिलेकाले देश त्यही दिशातर्फ बढेको संकेतहरु मिल्न थालेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News