काठमाडौँ । सोमबार ठूलो दुर्घटना हुनबाट जोगिएको बुद्ध एयरको एटीआर ‘अल्फा नोभेम्बर इन्डिया’ जहाजले उडान सुरु गरेको छ।प्राविधिक कारण  ल्यान्डिङ गियरमा समस्या हुँदा निकै कष्कर रूपले अवतण गरेको जहाजको समस्या

पूरै परीक्षण गर्दा पुन केही खराबी नदेखिएपछि उडान सुरु गरेको बुद्द एयरलाइन्सले जनाएको छ। बुद्ध एयरलाइन्स का अनुसार उडानका क्रममा ल्यान्डिङ गियरको इन्डिकेटर मा समस्या देखिएपनि इन्जिनियरहरुले जाँच गर्दा कुनै त्रुटी

नभेटे पछि उडान सुरु गरिएको हो।”सुरुमा परिक्षण का लागि जहाजलाई ह्यांगरमा ज्याक राखेर उठाएको तर अन एयरमा जस्तै ल्यान्डिङ गियर (पाङग्रा) झार्दा समस्या नदे खिएको एयरलाइन्सको दाबी छ ।

इन्जिनियरले जहाज ठिक भएको रिर्पोटिङ हवाई सुरक्षा विभागलाई गरेपछि उक्त जहाजलाई उडानका लागि अनु मति दिइएको विभागका एक अधिकारीले बताए र जहाज ले मंगलबार बिहान साढे १० बजेसम्म काठमाडौं-सिमरा

दुईपटक उडान गरेर फेरि काठमाडौंबाट पोखरातर्फ लागि सकेको बुद्धले जनाएको छ।सोमबारको उडानमा संलग्न क्याप्टेन आङ गेलु शेर्पा, को-पाइलट अमन अन्सारी र दुई जना एयरहोस्टेसलाई डियुटी अफमा राखिएको एयरला- इन्सले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News