धनगढढी : सुदूरपश्चिम सरकारले विविध कार्यक्रमको आयोजना गरी नेपाल भ्रमण वर्षको सुभारम्भ गरेको छ । धनगढीको ट्राफिक चोकबाट नौ वटै जिल्लाका झाँकीहरु सहित सुरु गरिएको र्‍याली संघी प्रहरी इकाई कार्यालयको मैदानमा औपाचारिक कार्यक्रममा परिणत भएको थियो ।


धनगढढी : सुदूरपश्चिम सरकारले विविध कार्यक्रमको आयोजना गरी नेपाल भ्रमण वर्षको सुभारम्भ गरेको छ । धनगढीको ट्राफिक चोकबाट नौ वटै जिल्लाका झाँकीहरु सहित सुरु गरिएको र्‍याली संघी प्रहरी इकाई कार्यालयको मैदानमा औपाचारिक कार्यक्रममा परिणत भएको थियो । धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर ओड र सभामुख अर्जुन थापाले मात्रै मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमका नौ वटै जिल्लाका झाँकीहरु प्रस्तुत गरिका थिए भने नेपाल प्रहरी, शसस्त्र प्रहरीको ब्याण्डको प्रदर्शन गरिएको थियो ।

धनगढी उपमहानगरपालिका र होटल व्यवसायी संघले गौरीफन्टा सीमामा गएर दिनभरि नेपाल आउने पर्यटकहरुलाई ढाका टोपी, अबिर लगाएर स्वागत गरेका थिए । सीमा क्षेत्रमै पर्यटकका लागि चिया र कफीको पनि व्यवस्था गरिएको थियो । धनगढी उपमहानगरपालिको ५ दिनसम्म नगर क्षेत्र भित्रका पर्यटकीय स्थलसम्म जानका लागि गौरीफन्टा सीमा क्षेत्रबाटै निशुल्क बस सेवा सञ्चालनसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News