यो  बर्षको दशैंमा नेपाली चलचित्र चलाउने हिम्मत मेकरले गरेनन्  । शोभित  बस्नेतको    ‘डाँडाको वर पीपल’ बाहेक अरु निर्माता दशैंमा  आउने सोचमा  पुगेनन् । हल चलाउन का लागि  प्रदर्शकले  विदेशी  चलचित्रकै  सहारा   लिनुपर्ने अवस्था  सिर्जना भयो । ४ महिनादेखि  बन्द हलमा पहिलो दिन नै अंग्रेजी चलचित्र लाग्दैछ ।

अरु समयमा हिन्दी चलचित्रले नेपाली चलचित्रलाई थिच्यो भन्दै  कराउने निर्माताहरु य सपटक  दशैंको लामो बिदामा पनि   चलचित्र च लाउन अगाडि  सरेनन् ।  बरु,  कुनै ठूलो बजेटको  हिन्दी  चलचित्र  आइदियो  भने  माहोल   बन्थ्यो भनेर सिमानापारीकै स्टारको भरमा परे २ बर्ष अगाडिसम्म दशैंमा दीपकराज गिरी र उनको

टिमले  चलचित्र  रिलिज गर्ने गरेका  थिए । तर , यसपटक दीपकराजको  टिमले  चलचित्र  छायांकन  नै गरेको छैन । गतबर्षदेखि  नै यो बर्षको दशैंमा चलचित्र रिलिज गर्ने सोेच बोकेर बसेका  निर्माता समेत पछि परे । महंगो पारिश्रमिक लिएर स्टार  कहलिएका  कलाकारलाई आफैमाथि विश्वास नभएको देखियो ।

हल  चलाउनका   लागि   विदेशी   चलचित्रको   नै साहारा लिनुपरेपछि  कलाकार  तथा   निर्माता  दीपकराज  गिरीले असन्तुष्टी  पोखेका  छन् । उनले  लेखेका  छन्–‘अहिलेको संकटमा हामीलाई हल चलाउन विदेशी चलचित्र नै चाहियो कमसेकम दशैंमा  रिलिज  गर्ने  मिति  तोकेर  तयार   भएर बसेका साथीहरुले त आँट गर्नुपर्ने थियोे ।

सहज हुँदा एक आपमा भिड्ने । अप्ठ्यारो बेला… ।दीपक ले सहज अवस्थामा आफ्नै चलचित्रसँग भिड्ने निर्माताहरु अप्ठ्यारो  परिस्थितीमा  विदेशी चलचित्रको आशामा बस्ने गरेको भन्दै असन्तुष्टी जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News