कञ्चनपुर ।  जिल्ला   प्रहरी   कार्यालयले   दशैँ–तिहारका लागि सीमानाकामा  तालिमप्राप्त कु,कुरसहित सुरक्षाकर्मी परिचालन  गर्ने  भएको  छ । सीमा   क्षेत्रमा   पहिलोपटक कु,कुरसहित  सुरक्षाकर्मी   परिचालन  हुन  लागेका   हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक

सिद्धराज  न्यौपानेले चाडपर्वका बेला अवाञ्छित गतिविधि हुन नदिन  सीमानाकामा  कु,कुरसहित  सुरक्षाकर्मी परिचा लन गर्ने  योजना  बनाइएको  बताउनुभयो  ।पश्चिमी  सीमा नाका  गड्डाचौकी  र दक्षिण पूर्वी नाका गौरीफन्टामा कु,कुर सहित प्रहरी परिचालन गर्न लागिएको हो ।

जिल्ला   प्रहर कार्यालयसहित मातहतका सबै प्रहरी युनिट दशैँ–तिहार   सुरक्षाका लागि  सक्रियरूपमा परिचालन गर्ने तयारमा प्रहरी कार्यालय लागेको छ । त्यसका लागि मातह तका सबै प्रहरी युनिटसँग छलफल अघि बढाइएको प्रवक्ता न्यौपानले बताउनुभयो ।

प्रहरीले  दशैँ– तिहारमा    सीमानाकासहित   पूर्व–  पश्चिम राजमार्ग, बढी  भीडभाड हुने ठाउँ, आ’परा’धिक गतिविधि बढी   हुने क्षेत्र,  सार्वजनिक  यातायातलगायतका क्षेत्रलाई मध्यनजर  गरी सुरक्षा  व्यवस्था मिलाउँदै आएको छ । यस वर्ष पनि प्रहरी  शान्ति सुरक्षाका  लागि  योजनाबद्धरूपमा अघि बढ्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News