सन्   २००३  मा  डोलराज गैरे   आफ्नो सोख   पूरा गर्ने र कमाइ   बढाउन भारतको   भोपाल आएका थिए। भोपाल आएर उनले   साइकल मा सुप, स्यान्डविच र बिर्यानी  बेच्न सुरु गरे । आज तिनै  डोलराज  भोपाल  सहरको सबैभन्दा प्रसिद्ध  फास्ट फुड  कर्नर  ‘सागर गैरे’को  मालिक  बनेका छन्। यो सहरमा ‘सागर गैरे’ का १७ वटा आउटलेट छन्।

भनिन्छ , यदि  कुनै व्यक्तिले  आफ्नो  सीपलाई   स्वीकारेर निष्कपटतासाथ काम गर्‍यो  भने उसलाई सफल हुन केही ले रोक्न   सक्दैन।डोलराज  गैरेलाई  पनि त्यस्तै भयो। सन् २००३ मा उनले सुप बे, चेर खाद् उद्योगमा काम गर्न थाले  का थिए। त्यतिबेला उनीसँग कुनै पसल वा पुँजी थिएन। द बेटर इन्डियासँग डोलराजले भनेका छन्,

‘खाना  पकाउनु  मेरो  सोख हो , म घरमा  सुप , बिर्यानी र स्यान्डविच बनाउने गर्थे र अफिसबाट फर्किएपछि फुर्सदमा साइकलमा   ती खानेकुर बेच्थेँ। आफन्तहरूले पनि मलाई जिस्काए तर भोपालका मानिसलाई मेरो हातको स्वाद मन पर्‍यो।  यही प्रेमले   आज म यहाँ छु ।’डोलराजको मूलघर नेपाल हो।

उनी  सामान्य  किसानका   छोरा हुन्।  उनका धेरै आफन्त नातेदार भारतमा बस्थे। तिनै  आफन्त  नातेदारको आशमा उनी सन् १९८० मा कामको खोजीमा भारत आएका थिए। ८ कक्षासम्म  अध्ययन गरेका  डोलराजले सुरुमा दिल्लीमा काम गरे।पछि  उनले मध्यप्रदेश  पर्यटनमा सरकारी जागिर पनि पाए। सरकारी जागिर खान थालेपछि उनको परिवार  ले ठाने कि अब डोलराज व्यवस्थित भयो।

तर डोलराजको योजनाअर्को थियो। घरपरिवार र आफन्त  को  वास्ता  नगरी   आफ्नो लयमा लागे।  त्यतिबेला उनको जागिर  करिब ३  बजे  सकिन्थ्यो।  यही  समयलाई   किन सदुपयोग नगर्ने भनेर साइकलमा ट्याङ्की बाँधेर सुप बेच्न थाले। डोलराजको सुप यति चर्चित भयो कि उनी सहरभरि ‘साइँली सुपवाल’ भनेर चिनिन   थाले। तर यो नाम जोगाइ राख्न उनीहरू कडा परिश्रम गर्थे।

करिब  एक  वर्षपछि   उनले जागिर   छो डे र एउटा  सानो कोठा भाडामा लिए।  उनलाई पहिलो पसल किन्न पाँच वर्ष लाग्यो।   उनले भोपाल  बजारको  १०  नम्बर पसल किने। यही  १६०  वर्गफुटको  पसलबाट  तिनीहरूको  प्रगति सुरु भयो। यही  सानो पसलमा  अहिले  पनि १६  जना मानिस काम  गर्छन्।भोपालको   यो फास्ट  फुड रेस्टुरेन्टको मेनुमा सबै प्रकारका खाना पाइन्छ।

तर  यहाँका  स्यान्डविच र   सुप उपभोक्ताले सबैभन्दा बढी मन पराउँछन्। डोलराज  भन्छन्, ‘हामी  हरेक   परिकारमा आफ्नै   मसला  प्रयोग गर्छौं।  चाहे   स्यानडविचका  लागि मेयोनेज होस् वा  चाउचाउको मसला। त्यसैकारण मानिस  हरूले यहाँ  पाउनेजस्तो  स्वाद   अन् पाउँदैनन्।’उनीहरूले सरसफाइ र गुणस्तरमा विशेष ख्याल राखेका छन्।

दुई  वर्षअ घि उनले   कम्पनीको  रूपमा ‘सागर  गैरे’  दर्ता गराएका  थिए।  त्यसपछि  यसका  थुप्रै फ्रेन्चाइजहरू पनि खुलेका छन्। भोपालमा  १७ वटा आउटलेट छन् जहाँ उनी समयसमयमा  रेखदेख गर्न पुग्छन्।सबै आउटलेटमा प्रयोग हुने मसला  एकै  प्रकारका  छन्।  चाँडै  छतरपुर,  सागर र इन्दुरेमा  पनि आउटलेट  खोल्ने   उनको तयारी  छ।उनका अनुसार भोपालबाहेक अब

लखनउ  र मुम्बईमा  पनि ‘सागर गैरे’ को फ्रेन्चाइज खोल्ने बारेमा छलफल भइरहेको  छ। उनका  छोरा सागर आफ्नो ब्रान्ड देशैभर फैलाउन बाबुसँगै मिलेर काम गरिरहेका छन्। ‘भारतका सबैजसो सहरमा विदेशी ब्रान्ड बर्गरको आउटले  ट छन् , यस्तैगरी  हामी  कि न गर्न  सक्दैनौं  रु  नाफा मात्रै कमाउने हाम्रो सिद्धान्त कहिल्यै नभए।

सकेसम्म  धेरै   मानिसला मद्दत गर्न चाहन्छौं।’ पुराना दिन सम्झँदै   डोलराज भन्छन् , ‘म आफ्नै  हातले   स्याण्डविच बनाए र मान्छेलाई   बेचेको सम्झन्छु। त्यसले मलाई साँच्चै आनन्द दिन्छ।’ डोलराजको मेहनत र आफूप्रतिको विश्वास साँच्चिकै  उनको  सफलताका  कारण  हुन्। तथापि, यसरी आफूले  तयार   पारेको स्वाद  हरभरिकाले  मन  पराउँछन् भनेर उनले कहिल्यै सोचेका थिएनन्।Dainikonlinebata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News