द भ्वाइस   अफ  नेपाल’का विजेता किरण गजमेरको स्वर रहेको गीत ‘जुनी जुनी’ भिडियो सहित सार्वजनिक भएको छ । येदिन   गजमेरको  शब्द  तथा  संगीत  रहेको  गीतको भिडियोमा   चर्चित मोडल  गीता  ढुंगाना  र कमल सिंहको रोमान्स समेटिएको छ ।वैँशालु उमेरमा

प्रेममा   परेका एक  जोडीको प्रेमी कहानीको रमाइला पल गीतको भिडियोमादेखाउने  कोसिस् गरिएको छ । भिडियो मा   सुन्दरी   मोडल   गीता   गज्जबसँग   खुलेका   छिन् ।
लोकराज अधिकारी  एसोसियट  निर्देशक  रहेको  गीतको एरेन्ज धिरज  श्रेष्ठले गरेका  हुन् । बुद्ध  थापाको छायांकन रहेको

भिडियो विकास  दाहालले सम्पादन गरेका हुन् । अमेरिका मा बस्दै आएका गीतकार  तथा संगीतकार येदिनले एल्बम तरंगको चर्चापछि किरणलाई लिएर यो गीत बनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News