काठमाडौं । कलाको   सिमाना   हुँदैन   । कुनै   भूगोलको परिबन्धमा पनि  बाँधिन सक्दैन । न त कलाको जात र थर नै हुन्छ । कलाले जीवन बोल्छ,  प्रकृतिको अनुपम उपहार लाई वर्णन गर्छ । जगतलाई सचेत गराउँछ । तर,समाजको ऐना बनेका सबै कलाकारको जीवन भने रसपूर्ण हुँदैन ।

उनीहरुले  गायका,  अभिनय  गरेका,  लेखेका  जस्तै केही दुःखदायी  कथा  आफ्नै जीवनमा  भोगेका  हुन्छन् ।भारत आसामकी गायिका मिलन नेवार गायनको कर्मभूमि बनाउ न नेपाल छिरिन्, नेपालीको मन  पनि जितिन् । नेपालीमूल का  धेरै  भारतीय  नागरिकले  आफ्नो  कलाको  कर्मस्थल नेपाललाई बनाएका छन् ।

यस्तै  धे रै नेपाली  भारतमा  पुगेर  कलाको क्षमता उजागर गरेका  छन् ।  यहीको  निरन्तरतामा  गायिका  मिलन  पनि नेपाल  आइन् ।एकाएक  गायकी  क्षमता र सुमुधर स्वरकी धनी मिलनले  नेपालीको  मन जितिन् , सबैको  मन मनमा बस्न सफल भइन् । यतिमात्रै होइन उनको कर्मभूमिमात्रैमा नेपाल  समिति  रहने, वैवा’ हिक सम्बन्ध  पनि   नेपालसँगै गाँसिन ।

नामजस्तै   मिलनको नेपाली युवकसँग मिलन भयो अर्थात नेपाली युवक  मेन्सन  अमात्यसँग लगनगाँठो कसिन् ।जुन भूमिले  माया  दियो, ज हाँ आफ्नो  स्वरलाई  मन पराइयो, उहीँ वैवाहिक सम्बन्ध   कायम गर्दा मिलनमा  अपार खुसी थियो  । वि,वाहपछि  महिलाले पतिको थर लेखाउने चलन नेपाल पनि छ, तर बाध्यात्मक छैन ।

मिलनलाई  पनि पतिको थर ‘अमात्य’ लेखाउनु पर्ने भयो । तर,   आफ्नो  जन्मजातको   थर  ‘नेवार’ लाई   माथ  गरेर अमात्य  लेखाउन  मन  लागेन । आफ्नो  कुरा   परिवारमा राखिन् ।  परिवारमा  आफूले   चाहेजस्तै   सबै  कुरा हुँदैन उनलाई अमात्य  लखाउनुपर्ने दबाब सृजना भयो । परिवार को खुसी आफ्नै खुसी सम्झिन् ।

परिवार  खुसी  हुन्छ भने आफू खुसी भइन्छ भन्ने सोचिन् । र राजी  भइन् , मिलन   नेवारबाट  मिलन  अमात्य   बन्न । ‘मलाई  मिलन नेवारबाट अमात्य  बनाउन मन  थिएन,  तर बनाउन  बाध्य  भएँ’, ती  दिन  सम्झँदै  मिलनले  बताइन् ।मिलन  नेवार अब  मिलन अमात्यले   परिचत  हुँदै  गइन् । नेवार कम अमात्यबाट बढि चिनिन थालिन् मिलन । उनको

गाएकी  क्षमताले स्रोता  र दर्शक  मन्त्रमुग्ध भए । जताततै उनकै माग हुन  थाल्यो । कामको  संख्या बढ्दै गयो, समय पनि बढी खर्चनुपर्ने  भयो । परिवारलाई भन्दा आफ्नो कर्म लाई बढी   समय दिनुपर्ने ।भयो । कहिले   बिहानै,  कहिले राति, कहीँ न कहीँ गइरहनु  पर्ने  भयो । कन्सर्टदेखि  स्टुडि योसम्मको यात्रामा कुनै निश्चित समय भएन ।

यो  उनको  कर्मको  सुखद् फल  थियो ।  यसमा उनी निकै खुसी थिइन् । तर,  परिवा र भने  बेखुसी हुन थालेको उनी अहिले  सम्झिन्छन् । परिवारमा  ख,टपट सुरु हुन थाल्यो ।दर्शक र  स्रोताको माग  पूरा  गर्न कन्सर्टदेखि स्टुडियोसम्म धाउनु   पर्ने मिलनलाई  समयको बेप्रवाह  गरेको  आ,रो,प लागेको  उनी   बताउँछिन् ।  परिवारबाट   पाउन   थालेको व्यवहारले मिलनलाई दुखाउन थाल्यो ।

परिवारको  खुसीका  लागि  आफ्नो  थर  परिवर्तन  गरेकी मिलनलाई  अब त्यही  थर बो,झ  हुने  स्थितिमा  आइपुग्न थालेपछि  बेचैन भयो । आफ्नो  करियर र  घरपरिवारमध्ये एक  रोज्नुपर्ने अवस्था   आएक अहिले सम्झिँदा मिलनको आँखाबाट  बलिन्द्र आँ,शुका  धारा  बग्छन्   ।उनी भन्छिन्, मेन्सनसँगको  सम्बन्धलाई  कायम  राख्न  निकै   प्रयास र लचक भएँ । तर, केही लागेन ।’

मिलन  र मेन्सनले  आफ्नो सात वर्षे वैवाहिक सम्बन्धलाई २०७४ असोजमा अन्त्य  गराएका थिए । वैवाहिक सम्बन्ध बाट कायम गरेको नाता अर्थात परिवारबाट बिछोडिँदा मन भक्कानिएको उनले भनिन् ।  तर, आफ्नो बाल्यकालदेखि कै सपना र इच्छा गायन थियो । उनी गायन छाड्न सक्दिन थिइँन् । त्यसैले  परिवार  छाडिन्,   गायन   पेशालाई  उर्वर बनाउने संकल्पलाई आत्मसाथ गरिन् ।

सोचेकी  थिइँन्, डि,भोर्सपछि  अमात्य  परिवारबाट  गायन पेशमा आफूमाथि अ,वरोध  हुनेछैन  । तर, त्यो गलत रहेछ उनी भन्छिन्, ‘मेरो जीवनलाई   मात्रै होइन  करियरलाई  नै सिध्याउन  खोजेका  रहेछन् ।’  चो,टमाथि चो,ट, घाउमाथि नूनचुकले कुनै बेला  जीवनप्रति मोह कम हुँदै गएको उनले सम्झिन् । तर,   जन्मदि  ने बुवाआमाको   साथ   र मायाले आफूलाई बाँचेर

गायनको  कर्ममा  रमाउन   हिम्मत  साहस आएको मिलन बताउँछिन्  ।‘जसलाई  मनमा  सजाएँ,  हिरो  बनाएँ, ऊ नै पछि  आफ्नो वि, रोध होलान् भन्ने  कल्पना गरेको थिइँन,’ भक्कानिँदै  मिल न भन्छिन्, ‘तर,  अहिले साहस र हिम्मत का  साथ  आफ्नो  करियरमा  अघि  बढेको  छु  , जति  नै छेकबार र तगारो हाले पनि  पन्छाएर अघि बढिरहने तागत को विकास गरेको छु ।’ बाँकि भिडियोमा हेर्नुहोस Taja khabarabata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News