काठमाडौँ नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले ७० करोडको कथाको अदृश्य पात्र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भएको आरोप लगाएका छन् । उनले जनताले त्यसको हिसावकिताव गर्ने समेत बताएका छन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठन काभ्रेले बनेपामा शनिबार आयोजना गरेको कार्यक्रममा बाेल्दै यस विषयमा आफूसँग सिधा बहस गर्नसमेत चुनौती दिएका छन् ।

माओवादी अध्यक्ष दाहालले केही दिनअघि पाँचखालमा भएको कार्यक्रममा ७० करोडको कथाको याद दिलाउँदै ओली सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका थिए ।

बास्काेटाले उक्त आरोपकाे जवाफ फर्काएका हुन् । उनले तथ्यका आरधारमा यस विषयमा टुँडिखेलमा, काभ्रेमा, टेलिभिजन च्यानलहरूमा बहस गर्न तयार रहेको बताए । उनले अध्यक्ष दाहाल र आफ्नो बारेमा लागेको आरोपबारे छानविन गर्न पनि माग गरे ।

फरक प्रसङ्गमा नेता बाँस्कोटाले दाहाललाई गठबन्धनबाट चुनाव लड्न काभ्रे आउन चुनौती दिए। उनले पाँचवटै दल मिलेर चुनावमा आए पनि पराजित गर्ने जिकिर गरे । राजनीतिक रूपमा माओवादीले आत्महत्या गरिसकेको बास्काेटाकाे टिप्पणी थियो ।नेपाल टाइम्स बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News