१७ असोज,  काठमाडौं ।  माओवादी  केन्द्र निकट अखिल क्रान्तिकारीको  अध्यक्ष   पञ्चा  सिंह   बनेकी छन् । आज बिहान  अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय  सुनाएका हुन् ।अखिल क्रान्तिकारी को इतिहासमा महिला अध्यक्ष बनेको यो पहिलो पटक हो ।

क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह र सुरेन्द्र बस्नेत मुख्य दाबेदार   थिए । अखिल   क्रान्तिकारीले  अध्यक्ष  चयनको जिम्मा  पार्टी   अध्यक्ष   प्रचण्डलाई  दिएको  थियो ।नेतृत्व चयनको  विषयमा   छलफल  गर्न  अखिल क्रान्तिकारीका नेताहरु आज बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

सोही छलफलमा प्रचण्डले पञ्चालाई अध्यक्ष तोकिदिएका एक नेताले अनलाइनखबरलाई बताए ।अब २२ औं राष्ट्रिय सम्मेलनको जारी  बन्दसत्रबाट  पञ्चा सिंह अखिल क्रान्ति कारी अध्यक्ष बनेको औपचारिक घोषणा हुने छ ।

यो पनि,,   १७   असोज , काठमाडौं   । नेकपा  माओवादी केन्द्रका  नेता  तथा  पूर्व  अर्थ  एवं ऊर्जामन्त्री वर्षमान पुन (अनन्त)को स्वास्थ्यमा  सुधार आएको छ ।पुन थाइल्याण्ड को राजधानी बैंककस्थित समितिभेज अस्पतालमा उपचार रत छन् । चि, कित्सकका  अनुसार पुनको श,रीरमा रहेको अत्यधिक जण्डिसको मात्रा अहिले केही घटेको छ ।

सामान्यतःस्वस्थ मानिसको र,गतमा हुने बिलुरुविन नामक तत्वको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुने गर्छ । तर, पुनको रग,तमा  बिलुरुविनको  मात्रा  अनियन्त्रित रुपमा बढेर ३४ पुगेपछि  चिकित्सकहरुले  बैंकक गएर उपचार गर्न सुझाव दिएका  थिए ।‘अहिले  बिलुरुविनको  मात्रा  घटेर  २७  मा आएको छ’,

उपचारमा  संलग्न  डा. नाथाभुत  सिरिमोन्तापोनको भनाइ उद्धृत गर्दै  पुनकी पत्नी  एवं पूर्वसभामुख ओनसरी घर्तीले भनिन् ।घर्तीका अनुसार  चिकित्सकले नयाँ औषधि चलाए का  छन् । उक्त  औ,षधिले  राम्रो  काम  गर्न थालेको उनले उल्लेख  गरिन् । ‘नयाँ औ,षधिले  राम्रो  काम  गर्न थालेको छ’, घर्तीले भनिन्,

‘नेपालबाट आउँदाको भन्दा अहिले राम्रो भएको छ  यद्यपि बान्ता  भने नरोकिएको   जानकारी  उनले  दिइन्  । खाना खान मन  नलाग्ने  समस्याका  कारण  पुनलाई  स्लाइनको माध्यमबाट   खानेकुरा   दिइएको  छ   ।जण्डिसको   मात्रा अत्यधिक  बढेसँगै   उच्च  ज्वरो   आउनुका  साथै निरन्तर बान्ता हुन  थालेपछि  पुनलाई गत आइतबार  ललितपुरको सुमेरु अस्पताल लगिएको थियो ।

तर,  नेपालमा  उपचार  कठिन  भएको  भन्दै चिकित्सकले बैंकक जान सुझाएको  पुनको सचिवालयले जनाएको छ ।चार वर्षअघि  पनि नेपालका विभिन्न अस्पताल र भारतको मेदान्त  सिटी  अस्पतालमा   उपचार    सम्भव   नभएपछि अत्यन्त  जटिल अ वस्थामा  पुनलाई एयर एम्बुलेन्समार्फत बैंकक  लगिएको  थियो । पुन  जन्मजात  जण्डिससम्बन्धी समस्याबाट पी,डित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News