काठमाडौं,  १७  असोज  । कुनै अप्रत्याशित निर्णय भएमा बाहेक  नेकपा  एकीकृत  समाजवादी  पार्टीले  प्रेम आले र किसान  श्रेष्ठलाई  मन्त्री  बनाएर  पुरस्कृत गर्ने भएको छ । नेकपा  एमाले   विभाजन   हुँदा   दुवैजनाले   माधवकुमार नेपाललाई अन्तिम समयमा साथ दिएका थिए ।

उनीहरुको  साथलाई धेरैले आश्चर्य मानेका थिए ।प्रेम आले र किसान  श्रेष्ठ दुवै  प्रत्यक्ष निर्वाचित  सांसद हुन् । उनीहरु लामो   समय  एमाले अध्यक्ष   केपी शर्म ओलीको साथमा थिए । आले त ओली सरकारमा वनमन्त्री समेत बनाइएका थिए ।आलेले  पर्यटन र श्रेष्ठले  उद्योगमन्त्री  पाउने विश्वस्त स्रोतले बताएको छ ।

दुवैलाई   मन्त्री  बनाउन  माधव  नेपालले  नै   अडान लिने बुझिएको छ ।महिलाबाट   रामकुमारी   झाँक्री  मन्त्री  बन्ने निश्चितप्रायः भएको  छ । झाँक्रीले  शिक्षा  मन्त्रालय पाउने बुझिएको  छ । उनले माधव  नेपाललाई साथ दिदै आएकी छिन्  । उनी  ओलीवि,रुद्ध ख,रो   रुपमा   उत्रिएर  चुनौती झेलेकी नेतामा पर्छिन् ।

वि,रोध  खतिवडा पनि मन्त्री बन्ने पक्कापक्की भएको छ । उनको   नाममा विगतमै  सहमति   भए को छ ।  खतिवडा पटक पटक  सांसद  बनेपनि मन्त्री बनेका थिएनन् ।राष्ट्रिय सभाका सांसद  शेरबहादुर  कुँवर  पनि  मन्त्री  बन्ने सूचीमा छन् । विगतमा   अछामबाट  चुनाव जितेका उनी पछिल्लो समय राष्ट्रियसभामा छन् ।Riportersnepal bata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News