काठमाडौं  ।शहरमा  करोडौँ  पर्ने  चारत ले घर छ । कोठा भाडामा  लगाएर  महिनामै  दशौँ   हजार   बुझ्छन् ।   यिनै सहरियालाई   छतमा   तरकारी   फलाउन  भनेर  बागमती सरकारले कौसीखेतीका  नाममा १०  हजार अनुदान बाँडि रहेको  छ । र,  घरधनीहरु  पनि अनुदान  हात  पार्न लाइन लाग्ने गरेका छन् ।

जब  कि  तरकारी  खेतीबाटै   परिवार  पाल्ने   सहरी  क्षेत्र आपिासका   वास्तविक   किसान   राज्यको   अनुदानबाट वञ्चित  मात्रै छैनन्,  उत्पादनको उचित मूल्यसमेत नपाएर निराश   छन् । १० हजार   अनुदान  बुझ्नेमा  काठमाडौंको केन्द्र न्युप्लाजा,  नयाँ बानेश्वर, बुद्धनगर र थापाथलीमा घर भएकाहरु पनि छन् ।

काठमाडौं  १०   नयाँ बानेश्वरका  २५  घरधनीले सागरिका भट्टको  नाममा  समूह  बनाएर १०, १० हजारका दरले दुई ५० हजा र अनुदान  लिएका  छन् । अनुदान प्राप्त गर्न २५ जनाको   समूह   बनाएर    प्रस्ताव    लैजानुपर्छ   । त्यस्तै, काठमाडौं  ३ बुद्धनगरका  घरद्दनीले  पनि   नेपाल  महिला मैत्री समाज नाममा समूह बनाएर १०, १०

हजारका  दरले    दुई  लाख  ५ ० हजार  नै लिएका छन् ।ललितपुरको  भिआइपी क्षेत्र  र्भैसीपाटीमा घर भएकाहरुले पनि  अनुदान छाडेनन् ।   भैंसीपाटीका  मञ्जुश्री   जागृति महिला  समूह, फुलबारी टोल  सुधार समिति, गृहणी कौसी खेती समूहलगायतले अनुदान लिएका छन् ।

त्यस्तै , भक्तपुर सूर्यवनिायकका बृहत्तर कौसीखेती समूह र डोलेश्वर    महिला समूहका  नाममा दुई लाख ५० हजारका दरले अनुदान वितरण भएको छ । नयाँ पत्रिकाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News