निर्देशक  शोभित  बस्नेतले  ‘महानायक’  राजेश  हमाल नै भएको भन्दै आफू गलत रहेको स्विकार गरेका छन् । आज काठमाडौंमा   आयोजना  गरिएको  चलचित्र ‘ डाँडाको वर पीपल’को  ट्रेलर रिलिज  कार्यक्रममा  शोभितले  हमालको तस्वीरलाई प्रमुख अतिथी बनाएका थिए ।

हमालको  फोटोलाई  प्रमुख अतिथी बनाउनुको कारणबारे शोभितले भने–‘मैले जहिले पनि महानायक भन्दा सुपरस्टा र ठूलो   भन्ने  ठान्थेँ । यसैले, चलचित्र क्षेत्रमा राजेश हमाल भन्दा  ठूलो  कोही  पनि  छैन   भनेर   उहाँलाई  सुपरस्टार भनेको  हुँ । तर,  म  ग,लत  रहेछु । यसैले,  सबैसँग माफी माग्दै

आजबाट   हरेक ठाउँमा  राजेश  हमाललाई  नै महानायक भन्नेछु  । मेरो  लागि  अब   सुपरस्टार भुवन  केसी हुनुहुन्छ शोभितले   हमाल  नै   ‘महानायक ’ रहेको   स्विकार   गर्दै आफूले उनको  तस्वीरलाई   प्रमुख अतिथ बनाएको समेत बताए । आफूले   फेरि अर्को  वि’वाद  निकाल्न र चलचित्र चलाउनका

लागि  हमाललाई ‘ महानायक ’ नमानेको  शोभितको  तर्क थियो ।यसअघि  यो  चलचित्रको  गीत रिलिज कार्यक्रममा शोभितले  नेपाली  चलचित्र   क्षेत्रको   ‘महानायक’ भएको बताएका थिए ।आज आयोजना भएको  पत्रकार  सम्मेलन मा चलचित्रका मुख्य  कलाकारहरु  नायकद्धय भुवन केसी र शिव श्रेष्ठ,

नायिका  गौरी  मल्ल  भने  उपस्थित   थिएनन् । शोभितले चलचित्रका  अन्य   कार्यक्रम  पनि  आयोजना   गर्न बाँकी रहेको भन्दै मुख्य तीन  कलाकार उपस्थित नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News