अहिलेको दुनियाँमा धेरै  मानिसहरुलाई  लोकप्रियता हासि ल गर्ने यस्तो भूत  चढेको छ कि  उनीहरू चर्चा कमाउनका लागि जुन  हदसम्म पनि  जान सक्दछन् । भिडबाट  अलग देखिन   तथा  फरक  काम   गरेर  चर्चा  कमाउने  लहडमा उनीहरुले अनौठा  तथा  जोखिमपूर्ण   काम गर्न पनि पछि पर्दैनन् ।

बुल्गेरियाकी  एन्ड्रिया  इभानोभाले पनि यस्तै गरेकी छिन् । संसारकै ठूलो  ओठ बनाउने   चाहनाका  कारण उनले २५ पटक  आफ्नो  ओठको  शल्यक्रिया  गराएकी   छिन् । २३ वर्षकी इभानोभाले  ओठभि त्र शल्यक्रिया  गरेर इन्जेक्सन द्वारा हायल्युरोनिक एसिड हालियो ।

सर्जरी  पश्चात्  उनको  ओठको  आका र बढेर पहिलेभन्दा चार गुणा  ठूलो  भएको छ ।सर्जरीबाट अस्वभाविक रुपमा बढाएको  आफ्नो  ओठ  देखाउनका   लागि उनले  सोसल मिडियामा  फोटोहरु   शेयर   गरेकी   छिन् । आफु आफ्ना बढेका ओठदेखि खुसी रहेको र चिकित्सकहरुले

पनि  यतिसम्म  बढाउनु पर्याप्त रहेको बताएता पनि उनको इच्छा अझै पुगेको रहेनछ । आफ्नो  ओठको आकार अझै बढाएर  संसारकै   ठूलो   ओठ  भएकी   महिलाको रुपमा गिनिज  बुकमा  नाम    लेखाउन   चाहन्छिन्   इभानोभा । डाक्टर  हरुले भने  उनको  ओठको  थप शल्यक्रिया गरेमा उनको ज्यानै जानसक्ने चेतावनी दिएका छन् ।

आफ्नो  फुलिएको  ओठयुक्त अनुहारसहित लगातार बार्बी डलसँग तस्वीर खिचेर इन्स्टाग्राममा शेयर गर्ने इभानोभाका इन्स्टाग्राममा  ३३  हजारभन्दा  धेरै फलोअर्स छन् । कहिले काहीँ  उनी  सोस  ल मिडियामा   नराम्रोसँग  ट्रोल पनि हुने गरेकी छिन् ।सोफिया  विश्वविद्यालयमा  जर्मन  भाषाशास्त्र को अध्ययन

गरिरहेकी  इभानोभाले  आफ्नो  यस्तो  अनौठो शोख तथा ओठका  कारण   चर्चा  बटुलिरहेकी   छिन् ।   अहिलेसम्म ओठको  सर्जरीका    लागि कति रकम खर्च भयो भन्ने कुरा उनी हिसा ब गर्न  पनि  चाहँदैनिन् ।उनलाईन आफ्नो ओठ बढाएर  मा त्र पुगेको  छैन । आफ्ना  वक्षस्थलको  आकार बढाउने  तथा  अनुहारमा  पनि  सर्जरी गरेर बार्बी डलजस्तै देखिन चाहन्छिन् ।

उनले  यबस क्रममा  स्तन प्रत्यारोपाण शल्यक्रिया गरी ७५ सी बाट ७ ५ इ कप पुर्‍यासकेकी छिन् । उनले वक्षस्थलको आकार अझै बढाएर एच कप पुर्‍याउन चाहन्छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News