पूर्वयुवराज  पारस  शाहको  पोखरास्थित  निवासमा चो,री भएको  छ । लेकासाइडस्थित   बुलउँदीमा  शाहले भाडामा लिएको  घरबाट  सामान चो,रेको आ,रो,पमा  प्रहरीले  एक जनालाई  प,क्रा,उ  गरेको  छ । काठमाडौंको मित्रनगरबाट शिव गौतमलाई प,क्राउ गरिएको महानगरीय प्रहरी परिसर

काठमाडौंका  एसपी  रमेश बस्नेतले रातोपाटीलाई बताए । प,क्रा,उ  गरिएका गौतम शाहको निवासका कामदार हुन् ।शाहको  निवासबाट  क्यामरा,  २ थान  आइप्याड,  २ थान दुरविन र नोकिया सेट चो,री भएको बताइएको छ । गौतम ले पोखराबाट  सामान  चो,रेर  काठमाडौं ल्याएको खुलेको छ ।

काठमाडौं  महानगरपालिका–२६ मित्रनगर स्थित न्यू राप्ती गेस्टहाउसबाट  महानगरीय  प्रहरी   परिसर  काठमाडौंबाट खटिएको टोलीले उनलाई पक्रेर अनुसन्धान गरिरहेको छ ।
चो,रेको  सामान  गौतमले   पूर्वयुवराजलाई  फिर्ता   गरेको एसपी  बस्नेतले  बताए । आ,रो,पीलाई  महानगरीय  प्रहरी वृत महाराजगञ्जमा राखिएको छ ।

यो पनि,,  राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय स्वास्थ्य सेवामा आम  नागरिकको  सहज  पहुँच  अपरिहार्य  रहेको बताएकी  छन् । सोमवार  बीपी  कोइराला  स्मृति क्यान्सर अस्पताल भरतपुरमा  सेवा गर्न आएका चिनियाँ डाक्टरहरु को  टोलीलाई  बिदाई  सम्बोधन   गर्दै  राष्ट्रपति  भण्डारीले नेपाल जस्तो विकासशील

राष्ट्रमा  स्रोत  साधन  तथा  सक्ष  म जनशक्ति   प्राप्त   गरी क्यान्स र बिरामीको  लागि समर्पित  गर्नु गराउनु अझै पनि चुनौतीको  विषय भएको  भन्दै गुणस्तरीय स्वास्थ्य सेवामा आम  नागरिकको  सहज  पहुँच  हुनुपर्ने   बताइन् ।  उनले क्यान्सर रोग मानव  जीवनका लागि विश्वव्यापी चुनौतीको रूपमा देखा परेको उल्लेख गरिन् ।

राष्ट्रपति  भण्डारीले  वातावरण  प्रदुषण, विषादीयुक्त खाद्य पदार्थ सुर्ती तथा मा,दक पदार्थ से,वन लगायतका अस्वस्थ जीवनशैली  नै क्यान्स  र रोगको  कारक   रहेको बताइन् । राष्ट्रपति  भण्डारीले   बीपी कोइराला   मेमोरियल  क्यान्सर अस्पताललाई  राष्ट्रिय क्यान्सर प्रतिष्ठानको रूपमा विकास गर्ने अस्पतालको लक्ष्य प्रति खुसी पनि व्यक्त गरिन् ।

राष्ट्रपति   भण्डारीले  बिरामीको   सेवामा खट्ने  अस्पताल परिवार र  चिनियाँ  टोली  प्रति आभार   व्यक्त   गर्दै   चीन सरकारको पूर्ण  आर्थिक तथा  प्राविधिक सहयोगमा स्थाप ना भएको  अस्पतालले क्यान्सरको उपचारमा विशिष्टिकृत सेवा  प्रदान  गरेको   पनि  बताइन् । २२   वर्ष  अघि  चीन सरकारको  आर्थिक तथा   प्राविधिक   सहयोगमा  निर्माण भएको अस्पतालमा प्रत्येक

बर्ष  परिवर्तन हुनेगरी चीनबाट नै चिकित्सको टोली आउने गरेको  छ । अघिल्लो  वर्ष  आएका  १५  जनाको विशेषज्ञ चिकित्सको  टोली  आफ्नो   कार्यकाल   पुरा  गरी  फर्कन लागेको  हो । कार्यक्रममा  चिनियाँ  चिकित्सकको  टोलीले नेपालको स्वास्थ्य  क्षेत्रको अबस्था र आफुहरुले काम गर्दा को अनुभव  व्यक्त  गरेका  थिए भने   टोलीलाई   राष्ट्रपति भण्डारीले सम्मानपत्र समेत प्रदान गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News