काठमाडौ । काठमाडौ मा पूर्वयुवराज्ञी हिमानी शाहले आफ्नो ४५ औं जन्मदिन मनाइरहँदा उता पोखरामा भने पूर्वयुवराज पारस शाह को फ्ल्याटमा चोरी भयो। र  उनी पोखरा बस्दै आएका छन् । नेपालमा भएर पनि परिवारका साथमा नबस्ने शाहले पोखरा लाई आफ्नो अ”ड्डा बनाएका

छन् । लेकसाइड, बुलौंदी स्थित शाह बस्दै आएको फ्ल्याट बाट सामान चोरी भएको थियो ।उनकै फ्ल्याट मा बस्ने कामदारले नै चोरी गरेको खुलेपछि पारस छक्क परे त्यती मात्र होइन उनले पोखरा वाट सामान चोरी गरेर काठमाडौ ल्याइसकेका थिए शाहले सामान चोरी भएको बारे कास्की

प्रहरीमा जानकारी दिएका थिए । प्रवक्ता डिएसपी सुवास हमालले काठमाडौंको मित्रनगरबाट शिव गौतमलाई पक्राउ गरिएको जानकारी दिए । महानगरीय प्रहरी परिसरले उन लाई पक्राउ गरेको हो ।काठमाडौं महानगरपालि का (२६ मित्रनगर स्थित न्यू राप्ती गेस्टहाउसबाट महानगरीय प्रहरी

परिसर काठमाडौंबाट खटिएको टोलीले उन लाई प‘क्रेर अनुसन्धान गरिरहेको छ ।कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले भने शाहले कास्की मा निवेदन “नदिएको बताए ।” प्रवक्ता हमालले पनि आफूहरुलाई अफिसियल रिपोर्टिङ नगरेपनि काठमाण्डौबाट पक्राउ गरेको जानकारी पाएको

बताए ।शाहको निवासबाट क्यामरा, आइप्याड २ थान, दुरविन २ थान र नोकिया सेट चोरी भएको बताइएको छ । गौतमले पोखराबाट सामान चोरेर काठमाडौं पुर्याएको खुलेको छ ।

चोरेको सामान गौतमले पूर्वयुवराजलाई फिर्ता गरेको महा नगरीय प्रहरी परिसरले जनाएको छ । आरोपीलाई महा नगरीय प्रहरी वृत महाराजगञ्ज मा राखिए”को प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News