काठमाडौं। एक जना जनप्रतिनिधिले अर्काको श्रीमती भगाए का छन् । यो सहित उनको तेस्रो विवाह हो । प्रसंग रहेको छ सल्यान जिल्लाको बनगाड कुपि,ण्डे नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष इन्द्र कुमाइका ।

उनले गाउँकै गौरी बोहरालाई भगा,एका छन् । यसअघि दुईवटी श्रीमती बिहे गरेर घरमा राखेका वडाध्यक्षले अर्की श्रीमती पनि थपेर तीनवटी श्रीमती बनाएका हुन् ।उमेरले इन्द्र ५२ वर्ष र गौरी ४६ बर्षका छन् । वडाध्यक्षका पहिलाको श्रीमतीबाट दुई छोरी र दोस्रोबाट दुई छोरा छन् ।

त्यस्तै विवाह गर्ने तेस्रो महिला गौरी वोहराको ५ बच्चाबच्ची छन् ।गाउँमा पहिलेदेखि उनीहरु विचमा बसउठ हुने गर्दथ्यो । लामो समयदेखि नै अध्यक्षले ती महिलालाई उपभोक्ता समितिमा स मेत राख्ने गरेको स्थानीयको भनाई छ । उनै कुमाइ नेकपा एमा ले प्रवेश गरेका छन्।

यो पनि पढ्नुहोस –प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार निर्माण भएको ८७ दिनपछि मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। बालुवाटारमा आज (मंगलबार) बसेको सत्तारुढ गठबन्धन को शीर्ष नेताहरुको बैठकमा असोज २१ गते मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको हो।

‘आज नै मन्त्रिपरिषद्लाई विस्तार गरौं भन्ने थियो, तर प्रधान मन्त्रीज्यूले असोज २१ गते घटनास्थापनाको दिन पनि भएकाले सोही दिन गरौं भन्नुभयो,’ गठबन्धन दलका एक नेतालेभने,अब त्यसै दिन मन्त्रिपरिषद् विस्तार हुन्छ।’ नेकपा एकीकृत समाज वादीका

केन्द्रीय सदस्य एवं सांसद मेटमणी चौधरीले पनि असोज २१ गते नै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको जानकारी दिए। उनले सोही दिन नियुक्त हुने मन्त्रीहरुको सपथ हुने बताए। चौ धरी पनि एकीकृत समाजवादीको तर्फबाट मन्त्री हुन लागेका छन्।

सर्वोच्च अदालतले संसद पुन:स्थापना हुने फैसलासहित जारी गरेको परमादेशपछि असार २९ गते कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका थिए। उनले सोही दिन आफ्नो पार्टीका बालकृष्ण खाणलाई गृह र ज्ञानेन्द्र बहादुर कार्कीलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्री नियुक्त गरेका थिए।

यस्तै, माओवादी केन्द्रका जनार्दन शर्मा अर्थ र पम्फा भुसाल उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री नियुक्त भएकी थिइन्। त्यस पछि देउवाले कांग्रेसबाटै उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसं ख्या राज्यमन्त्री र नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेका थिए। नेपाल समाचार बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News