दसैँमा   शहरबाट  कसरी घर  फर्कने  भन्ने  सर्वसाधारणमा चिन्ता   हुन्छ । तर  नेपाल   सेनाले भने  आफ्ना सैनिक  र तिनमा आश्रित  परिवारजनलाई   दसैँमा घर जानका लागि नि:शुल्क  गाडी  र हेलिकोप्टरबाट  सेवा गर्ने घोषणा गरेको छ ।सेनाको कल्याणकारी सुविधाअन्तर्गत

घर  बिदामा  जाने बहालवाला सैनिक र उनीहरुका परिवार लाई सो  सुविधा  दिइएको हो । प्रधान  सेनापति   प्रभुराम शर्माले  आफ्नो  पद  बहालीसँगै  सकल  दर्जा   र आश्रित परिवारलाई  कल्याणकारी  सुबिधा थप गर्ने घोषणा गरेका थिए  ।नेपा ली सेनाले  दसैँमा  आफ्नो  गाउँ  फर्कन चाहने सैनिकका आश्रित परिवारलाई बस र

हेलिकप्टरबाट निशुल्क रुपमा पठाउन थालेको जनसम्पर्क तथा  सूचना   निर्देशनालयले  जनाएको  छ  । असोज  १८ देखि नै  सेनाका आश्रित परिवारलाई गाडी र हेलिकप्टरमा पठाउन शुरु   गरिएको सैन्य प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौड्यालले रातोपाटीलाई बताए ।

यस्तो सहुलियतपूर्ण यातायात सुविधा असोज २९ गतेसम्म जारी  राख्ने  उनले  बताए  ।जंगी  अड्डाले सडकको सहज पहुँच नपुगेका  डोल्पा  र हुम्ला जस्ता जिल्लामा हेलिकप्टर बाट सेनाका आश्रित परिवारलाई घर पठाएको छ । अहिले सम्म  हवाई  उडानमार्फत   ८६ र गाडीबाट ५२० जनालाई गन्तव्यमा लगिएको सैन्य

प्रवक्ता   पौड्यालले  बताए    निशुल्क   यातायात  सुविधा काठमाडौं उपत्यकाबाट बाहिर जाने र उपत्यका बाहिरबाट काठमाडौं  फर्किन   चाहने सैनिक   परिवारले  प्रयोग   गर्ने पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News