काठमाडौं, २१ असोज । चार वटा मन्त्रालय सहित सरकारमा जान लागेको नेकपा (एकीकृत समाजवादी) पार्टीले मन्त्रीको नाम टुँगो लगाए को हो । स्थायी कमिटीको म्याण्डेट अनुसार अध्यक्ष माधवकुमार नेपालले महासचिव वेदुराम भुसालसहि तका केही

नेताहरुको छलफलपछि चारै जना मन्त्रीको नाम टुँगो लगाएका हुन् ।नेकपा (एकीकृत समाजवादी) का एक नेताकाअनु,,सार अध्यक्ष नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रा लयमा प्रेम आलेलाई पठाउने भएका छन् ।

त्यस्तै, स्वास्थ्य तथा जनसंख्यामा रामकुमारी झाँ,,क्रीलाई र सहरी विकास मन्त्रालयमा विरोध खतिवडालाई पठाउने भएका हुन् । त्यस्तै, श्रम मन्त्रालयमा भने किसान श्रे,ष्ठलाई पठाउने निश्चित् भएको छ ।

नेकपा (एकीकृत समाजवादी) बाट सरकारको नेतृत्व विरोध खतिवडाले गर्ने भएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि नै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।

विहान ११ बजे मन्त्रिपरिषद् विस्तार गरिने र नवनियुक्त मन्त्री हरुको सपथ पनि भोलि नै राखिएको बालुवाटार स्रोतले जना एको छ ।

उता, माओवादी केन्द्रले भने हिजै मन्त्रीहरुको नाम टुँगो लगा ईसकेको छ । जनता समाजवादी पार्टी, नेपालले पनि नाम लगभग टुँगो लगाएको भनिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News