बिहीबार  घटस्थापनाको  दिन  नेपाली चलचित्रका ९ जना नायिकाहरु  ‘राष्ट्रिय नवदुर्गा सम्मान’बाट सम्मानित भएका छन् ।  नायिका   रेजिना  उप्रेतीको   ‘रेजिना   ईन्टरटेन्मेन्ट प्रा.ली’ र बिमला केसीको ‘सहिद फिल्मस् प्रा.ली’ले चलचि त्र विकास बोर्डको  सभाहलमा ‘दोस्रो राष्ट्रिय नवदुर्गा सम्मा न–२०७८’ आयोजना गर्दै

पुराना देखि नयाँ ९ जना नायिकाहरुलाई सम्मान गरेको हो सम्मानित हुनेमा नेपाली पहिलो रंगीन चलचित्रकी नायिका चैत्यदेवी  सिंहदेखि   शर्मीला  मल्ल  , लक्ष्मी गिरी, मौसमी मल्ल, नीता ढुंगाना, केकी अधिकारी छन् । यस्तै, पछिल्लो पुस्ताका नायिकाहरु सुरक्षा पन्त,

साम्राज्ञी रा ज्यलक्ष्मी  शाह  र  उपासना  सिंह ठकुरी छन् । चलचित्र क्षेत्रमा  उल्लेखनीय योगदान दिएको भन्दै उनीहरु लाई  सम्मान  गरिएको    हो ।कार्यक्रमका  प्रमुख  अतिथि ऊर्जा, जलस्रोत  तथा  सिँचाइ मन्त्री  पम्फा भुसाल, विशेष अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले नायिकाहरुलाई माला र

सम्मानपत्रले सम्मानित गरेका थिए । सम्मानित हुने ९ जना नायिकाहरुले  अभिनय गरेका  एक –एक वटा चलचित्रका गीतमा  अन्य  कलाकारहरुले   नृत्य  प्रस्तुत  गरेका थिए ।
यसअघि  दुई  वर्ष  अगाडि ‘ राष्ट्रिय   नवदुर्गा  सम्मान’बाट नायिकाहरु भुवन चन्द, बसुन्धरा भुषाल,

गौरी   मल्ल, करिश्मा  मानन्धर,   दीपाश्री निरौला, संचिता लुइँटेल, रेखा थापा, नम्रता  श्रेष्ठ र  स्वस्तिमा खड्का सम्मा नित   भएका थिए । गतबर्ष   भने  को,रोना,का  कारण यो कार्यक्रम आयोजना हुन सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News