रातो  मच्छिन्द्रनाथको  रथमा काठको काम गर्ने दिलकुमार बाराहीले १०  हजार अमेरिकी डलरको ‘झान्जु अन्तर्राष्ट्रिय अवार्ड’  पाएका  छन्  ।दक्षिण  कोरियाको  झान्जु  नगरले संसारभरिका  अमूर्त सांस्कृतिक सम्पदा प्रवर्द्धन गर्न हरेक वर्ष  दिँदै  आएको  यो  अवार्ड  यसपालि  तीनवटा  देशका सांस्कृतिक सम्पदाले पाएका हुन्।

पहिलो  नम्बरमा  नेपालको नाउँ छ भने त्यसपछि इटाली र ताजिकिस्तान  छन्। नेपाली  समयअनुसार  बिहीबार राति आयोजित  अनलाइन कार्यक्रमबीच बाराही गुठीका नाइके दिलकुमार   बाराहीला झान्जु अवार्ड हस्तान्तरण गरिएको हो। अवार्ड विजेताहरूको नामावली भने दुई महिनाअघि नै घोषणा गरिएको थियो।

बाराहीलाई  रातो  मच्छिन्द्रनाथ को रथ  बनाउँदा   काठको काम गर्ने शिल्पीका रूपमा पुरस्कृत गरिएको हो।यो अवार्ड नेपालले पाउनुमा सम्पदा   संरक्षणविद् मोनालिसा महर्जन को ठूलो  हात छ। पोर्चुगलको डी इभोरा विश्वविद्यालयबाट सम्पदा संरक्षणमा  पिएचडी  गरेकी  मोनालिसाले  नै  दिल कुमार बाराहीको नाम र उनको शिल्पलाई

अन्तर्राष्ट्रिय   प्रतिस्पर्धामा  सामेल   गराएकी  हुन्।  यसको निम्ति  बाराहीसँग अन्तर्वार्ता लिने, उनको कामको विवरण तयार पारेर आवेदन  भर्ने, फोटो र भिडिओ खिचेर पठाउने सबै का  म मोनालिसाले  नै गरेकी थिइन्। यस क्रममा पद्म सुन्दर जोशी, शैलेश राजभण्डारी, आशुतोष बाराही,सन्देश मुनिकार, ऋषि अमात्य,

ललितपुर  महानगरपालिका राजु महर्जन लगायतले फोटो, भिडिओ  र अन्य सन्दर्भ  सामग्री  संकलनमा  मद्दत गरेको उनले बताइन्। उहाँलाई  पुरस्कार  दिनु  भनेको सिंगो रातो मच्छिन्द्रनाथको र थयात्राले  जीवित सांस्कृतिक सम्पदाका रूपमा  अन्तर्राष्ट्रिय  सम्मान पाउनु हो,’ उनले सेतोपाटीसँग भनिन्।

अन्तर्राष्ट्रिय अवार्ड पाएकोमा प्रतिक्रिया दिँदै बाराहीले भने, ‘यो रातो  मच्छिन्द्रनाथको  जात्रा  चलाउने सबै गुठीहरूको निम्ति खुसीको खबर हो। हाम्रो सिंगो  जात्राले नै अन्तर्राष्ट्रि य सम्मान पाएको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News