गत असार २९ मा गठबन्धनको सरकार बनेपछि मन्त्री बन्ने भनेर लगातार ।सञ्चारमाध्यममा छाएका तीन जना नेताले अन्तत मन्त्री पद पाएनन् । चर्चामा रहेर पनि मन्त्री बन्नबाट बञ्चित  भएकाहरुमा   नेकपा   एकीकृत   समाजवादीका मेटमणी चौधरी, नेकपा माओवादी

केन्द्रका हरिबोल गजुरेल र जनता समाजवादीका मोहम्मद इस्तियाक राई हुन् । गठबन्धनबीच मन्त्रालयको भागबण्डा र पार्टीका नेताहरुको आन्तरिक  व्यवस्थापन नमिल्दा चर्चा मा  रहेका  तीन  पार्टीका  तीन  जना  नेता  चर्चामै सीमित बनेका हुन।शुक्रबार प्रधानमन्त्री देउवाले

मन्त्रिमण्डल विस्तार  र कार्यविभाजन  गर्दा  यसअघि  नेता हरुले पाउने मन्त्रालय पनि परिवर्तन भएको छ । जस्तो कि यसअघि नेकपा  एकीकृत समाजवादी पार्टीकी रामकुमारी झाँक्रीले  रक्षा, स्वास्थ्य तथा  जनसंख्या र  शिक्षा मन्त्रालय पाउने चर्चा भएको थियो ।

तर  झाँक्रीले  जिम्मेवारी   पाउँदा  सहरी  विकास मन्त्रालय पाइन्  । त्यस्तै  समाजवादीकै  विरोध  खतिवडा स्वास्थ्य र सहरी विकासमा चर्चा  भएपनि जिम्मेवारी स्वास्थ्य मन्त्राल यको  पाएका  छन् । उता  पर्यटन   मन्त्रालय  पाउने  चर्चा भएका प्रेम आलेले भने सोही मन्त्रालय पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News