काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मन्त्री बनाउन ठूलो चलखेल गरेको हुनसक्ने आशंका पैदा गरेको छ।मन्त्री बन्ने व्यापक चर्चाका विच मन्त्री बन्न नपाएका नेकपा एसका नेता मेटमणी चोधरीको खुलासाले माधव नेपाललाई गम्भीर प्रश्न चिह्न खडा भएको हो ।

आफु मन्त्री किन बन्न सकिन भन्ने बिषयमा मुख चौधरीले मुख खोलका छन् । नेता चौधरीले एक टेलिभिजन अन्तवार्ताका क्रम मा नेकपा एसका अध्यक्ष माधव कुमार नेपाललाई मोटो रकम बुझाउँन नसक्दा मन्त्री बन्न नपाएको घुमाउँरो स्विकारोक्ती गरे का छन् ।

गहँभरि आँशु पार्दै चौधरीले आफ्नो मनको बह पोखेका छन् ।राजनीति गर्नका लागी पैसा चाहिन्छ भन्ने मनोविज्ञान रहेको भन्दै चोधरीले आफु सँग पैसा नभएकै कारण मन्त्री बन्न बाट रोकिएको बताए । उनले भनेका छन् मैलै जे गर्नु पर्दथ्यो त्यो गर्न सकिन अरु साथीहरुले गरे मन्त्री बने ।

नेकपा एसका नेता माधव कुमार नेपालसँग निकै चित्त दुखाए का चौधरीले मन्त्री बनेकाहरु ‘कि त म भन्दा सिनियर हुन पर्यो कित मेरो भन्दा ठूलो क्षमता हुनु पर्यो त्यो त दुवै छैन अनी उनी हरु कसरी मन्त्री बने म किन बनिन भन्ने त प्रष्ट भयो नी’ उनले भनेका छन् ।

मन्त्री बन्न कसरी प्रभाव पार्नु पर्छ भन्ने कुरा आफुले नजाने कोले मन्त्री बन्न नसकेको भन्दै उनले प्रभाव पार्न जा,,न्नेहरु मन्त्री भएको उनले बताए । आफु एकोहोरो पार्टी बनाउँन मात्रै लागेको र कुनै लपनपछनमा नलागेका कारण मन्त्री बन्न नपाएको गुनासो उनले गरे ।

चौधरीको संकेत विशेष गरी मन्त्री भएका प्रेम आले र किसान श्रेष्ठ तिर थियो । उनीहरु म भन्दा सिनीयर कसरी भएर र मेरो भन्दा ठूलो क्षमता उनीहरुमा के थियो भन्ने कुराको ज,,वाफ उनले खोजिरहेका थिए ।

अवसरवाद र पैसाकै कमालले उनीहरु मन्त्री बनेको चौधरीको बुझाई छ ।मन्त्री बन्न नपाए पनि अविचलित रुपमा आफु पार्टी काममा लागीरहने पनि उनले बताए । यस अघि पनि राजनिती मा ठूलो उताडचढाव बेहोर्दै आएको भन्दै फेरी पनि अडिग भएर पार्टी काममा लाग्ने उनले बताए ।

मन्त्री नबने पछि निर्वाचन क्षेत्रबाट फोन गरेर मत,,दाताहरु रोइरहेको पनि उनले सनुाए ।‘आफ्ना मतदाताहरुमा मेटमणी चौधरी पक्कै मन्त्री बन्छ भन्ने लागेको थियो तर लिष्ट बाट हट्दा निकै दुख मान्न भएको छ ।

पर्यटन मन्त्रीनै बन्छ भन्ने थियो पर्यटन नबने पनि अरुनै मन्त्री बन्छ दाङको विकास हुन्छ लुम्बीनी प्रदेशको विकास हुन्छ भन्ने ठानेका मतदाताहरुको मनमा ठेस पुगको छ उनले भनेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News