काठमाडौँ  नेपालमा महान चाडवाडहरु सुरु भएसँगै पूर्वराजा ज्ञानेन्द्र शाहतर्फ पनि सर्वसाधारण को ध्यान तानिए को छ ।र पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष दशैंमा टीका लगाउने नलगाउने

भन्नेबारे सर्वसाधारणको चाँसो छाएको हो ।पूर्व राजाले दशैँका कार्यक्रममा सहभागी नहुने बताएका छन् । पूर्वराजा शाहको सचिवालयले जारी गरेको सूचनामा महाअष्टमीका दिन विभिन्न

शक्तिपीठमा दर्शन र पूजा नगर्ने जनाइएको छ। यस्तै, पूर्वराजा शाहले दशैँका दिन सर्वसाधारणलाई टीका लगाउने कार्यक्रमहरु पनि नगर्ने बताइएको छ।कोरोना महामारी लाई मध्यनजर गर्दै”

पूर्वराजा शाह दशैँका कार्यक्रममा सहभागी नहुने बताइएका हुन् । यसअघि, शाह भारतमा आयोजित कुम्भ मेलामा सहभागि हुँदा नेपाल फर्कने बेला कोरोना संक्रमित भएका थिए त्यसपछि उनी सचेत भएको आँकलन गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News