काठमाडौं – चर्चित हास्यकलाकार मनोज गजुरेल दोश्रो बैबाहि क जिबनमा बाधिएको छ ! गजुरले सुटुक्क दशैको मौका पारी नव दुलही भित्र्याएको वहाँ स्वयमले फेसबुक वालमा तस्बिर राख्दै जानकारी दिनुभएको छ। सम्पुर्ण शुभचिन्तक दर्शको लागि यस्तो सन्देश पनि दिनुभएको छ हेर्नुस जस्ताको त्यस्तै-

“जीवन सधैँ सरल रेखामा नहिंड्ने रहेछ । मेरो लामो वैवाहिक जीवन ४ बर्षपहिले  कानुनीरुपमा टुंगिएको कुरा यहाँहरुलाई विदितै छ । त्यसयता म मेरा छोरा र छोरीको एकल अभिभावक भएर बसिरहेको जानकारी पनि जगजाहेर नैतिकताको छ ।

“जीवनयात्राको दौरानमा आत्मीय साथको आवश्यकता महशुस हुनु स्वाभाविकै हो । त्यसैगरी मेरा बाबु-नानीको शिक्षा, स्वा स्थ्य र भविष्यको बारेमा संवेदनशिल हुनुपनि जरुरी थियो ।   यी दुबै अवस्थामा साथदिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आयो । बाबुनानी को आग्रह पनि यस्तै आउन थाल्यो ।

“यसै क्रममा नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलजीसँग मेरो चिनजान हुनपुग्यो । बिस्तारै हाम्रो घनिष्टता बढ्न थाल्यो । एकैखालको परिबेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं ।

“एकअर्काका जिम्मेवारीलाई साझा जिम्मेवारी मानेर पूरा गर्ने बाचा गर्याैं । अगाडि आईपर्ने सु:ख/दु:खलाई मिलेर स्वीकार र प्रतिकार गर्ने संकल्प लियाैं । हामीलाई यो निर्णयमा पुग्न हाम्रा बाबुनानीहरुको सुझाव र सहमतीले पनि ठूलो मद्धत गर्यो ।

“सम्पुर्ण मिडियाकर्मी साथीहरुलाई सादर अनुरोध छ- कृपया मेरो व्यक्तिगत जीवनका बारेमा काल्पनिक समाचार नलेखि दिनुहोला । मन्जुजीको इज्जत र प्रति,,,ष्ठामा आँच आउने अमर्यादित कथा नकथिदिनुहोला । हाम्रा सन्तान को सुख र शान्तीकालागी परपीडक ट्रोल र भिडियो नबनाईदिनु होला !

“कसैको निजी जीवनका बारेमा कपोकल्पित समाचार बनाउने, असम्बन्धित मान्छेसँग नाम जाेड्ने, हाम्रो विगतको जीवन, वर्त मानको विवाह तथा भविस्यको योजनाका बारेमा अनुमानकारि ता नगर्नुहुन पनि अनुरोध गर्दछु । त्यसैगरी हाम्रो नितान्त व्यक्ति गत मामिलाका बारेमा अनाबश्यक सामग्री बना,,,उने कानुनी, व्यवहारिक र सामाजिक अनुमति कसैलाई नभएको कुरापनि जोडदार रुपमा जाहेर गर्दछु ।

“बिगतका अराजक अन्तर्वार्ता, असामाजिक क्रियाकलाप तथा अभद्र व्यवहारका कारण म र मेरा छोराछोरीले ठूलो आघातबाट गुज्रनु परेको छ । त्यस्ता क्रियाकलापलाई स्थान दिने, उचाल्ने र गिजोल्ने युट्युब, अनलाइन समाचार, टिकटक लगायत संजा लका प्रयोगकर्ताहरुलाई पनि भद्र सुझाव छ- कृप,,या एउटा जिम्मे वार अभिभावक भएर बोल्ने र लेख्ने गर्नुहोला । सामा जिक सन्जालको चरम दुरुपयोगले आफू र आफ्ना सन्तानलाई पार्न सक्ने गंभिर असरलाई पनि महशुस गर्नुहोला ।

“अन्त्यमा, पुनः सम्पुर्णं आफन्त, साथी तथा शुभचिन्तकहरु लाई यो सुखद जानकारी गराउछौँ कि हामीले आ,,ज मिति २०७८ साल असोज २५ गते सोमबार बिहान डोलेश्वर महा देवकाे दर्शन गर्यौँ । त्यसपछि परिवारको उपस्थितिमा त्यहीँ विवाह सम्पन्न गर्यौँ ।

“अनि, सपरिवार मानवसेवा आश्रम (कौशलटार)मा रहेका बुवाआमालाई खाना खुवाएर/खाएर विवाह सम्पन्न गरेकाछौँ । परिस्थिति सिर्जित हाम्रो यो नयाँ अध्यायलाई शुभकामना र आशिर्वाद प्रदान गर्ने सबैलाई धन्यवाद 🙏

नवदुर्गा भवानीले सबैको रक्षा गरुन् । बडादशैँकाे हार्दिक शुभकामना 🌷

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News