पत्नीले  एउटै  दृश्यलाई  फरक–फरक  कोणबाट हेर्ने इच्छा गरे पछि एक श्रीमान्ले ३ सय ६० डिग्री घुम्ने घर बनाएका छन् । यो अनौठो घर उत्तरी बोस्नियाको सर्बेक सहर नजिकैको एक मैदान मा छ । ‘हामीले  पटक–पटक घर  पुनर्निर्माण गरिसकेका थियौँ र श्रीमतीको गुनासोले पनि

मलाई  थकि त बनाइसकेको  थियो ,’ ७२   वर्षीया   कुसिकले भने,‘त्यसपछि  मैले पत्नीलाई  भनेँ । म एउटा त्यस्तो घुम्ने घर बनाउँछु । जसलाई  तिमीले इच्छाअनुसार घुमाउन सक्छौ ।अहि ले सात मिटर  क्षेत्रफलमा  यो घर चारैतर्फ घुम्छ । यसमा बसेर मकैबारीदेखि  जंगलसम्मले आफ्नो  रूप बदलेको  पल नियाल्न सकिन्छ ।

कुसिक  भन्छन् ,‘सबैभन्दा ढिला  हुँदा यो  घरले  २४  घण्टामा एकपटक  फन्को  मार्छ । तर,  गति तेज राखिएका बेला यसले २२ सेकेन्डमै  फन्को मार्छ ।’नयाँ  घरला  ई लिएर   कुसिककी पत्नीले कुनै  टिप्पणी भने गर्न चाहेकी छैनन् । निकोला टेस्ला र मिहाजलो पुपिनबाट प्रेरणा लिएर आफूले

यो घर  बनाएको  कुसिकले  बताएका  छन् । ‘गरिब  परिवारमा जन्मिएका  कारण मैले  राम्रो शिक्षा लिन पाइनँ । त्यसैले आफैँ केही गर्दै सिक्नुको विकल्प थिएन,’ उनले भने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News