२६ असोज, सुर्खेत । मुगुमा बस दु,र्घटना मृ,त्यु हुनेको संख्या २८ पुगेको छ । २४ जनाको घटना स्थलमै र ४ जनाको उ,द्धार गरी ताल्चा विमान स्थल पुर्‍या,उने क्रम्मा मृ,त्यु भएको कर्णा  ली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए ।

सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ गएको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७, पिना झ्यारीखोलामा दु,र्घट,नामा परेको थियो । घा,इ,ते भएका १४ जनालाई उपचारका लागि नेपालगञ्ज लगिए को छ ।

३९ जना यात्रु रहेको बस दिउँसो २ बजेतिर दुर्घटनामा परेको हो । उद्दारको काम भइरहेको र शव पनि संकलन भइरहेको प्रहरी ले जनाएको छ । नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दा उद्वारमा खटिएका छन् ।

यो पनि,,मनोज गजुरेलले गरे सुटुक्क दोश्रो बिहे

काठमाडौं – चर्चित हास्यकलाकार मनोज गजुरेल दोश्रो बैबाहि क जिबनमा बाधिएको छ ! गजुरले सुटुक्क दशैको मौका पारी नव दुलही भित्र्याएको वहाँ स्वयमले फेसबुक वालमा तस्बिर राख्दै जानकारी दिनुभएको छ। सम्पुर्ण शुभचिन्तक दर्शको लागि यस्तो सन्देश पनि दिनुभएको छ हेर्नुस जस्ताको त्यस्तै-

“जीवन सधैँ सरल रेखामा नहिंड्ने रहेछ । मेरो लामो वैवाहिक जीवन ४ बर्षपहिल कानुनीरुपमा टुंगिएको कुरा यहाँहरुलाई विदितै छ । त्यसयता म मेरा छोरा र छोरीको एकल अभिभावक भएर बसिरहेको जानकारी पनि जगजाहेर नैतिकताको छ ।

“जीवनयात्राको दौरानमा आत्मीय साथको आवश्यकता मह  शुस हुनु स्वाभाविकै हो । त्यसैगरी मेरा बाबु-नानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशिल हुनुपनि जरुरी थियो । यी दुबै अवस्थामा साथदिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आयो । बाबुनानी को आग्रह पनि यस्तै आउन थाल्यो ।

“यसै क्रममा नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलजीसँग मेरो चिनजान हुनपुग्यो । बिस्तारै हाम्रो घनिष्टता बढ्न थाल्यो । एकैखालको परिबेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं ।

“एकअर्काका जिम्मेवारीलाई साझा जिम्मेवारी मानेर पूरा गर्ने बाचा गर्याैं । अगाडि आईपर्ने सु:ख/दु:खलाई मिलेर स्वीकार र प्रतिकार गर्ने संकल्प लियाैं । हामीलाई यो निर्णयमा पुग्न हाम्रा बाबुनानीहरुको सुझाव र सहमतीले पनि ठूलो मद्धत गर्यो ।

“सम्पुर्ण मिडियाकर्मी साथीहरुलाई सादर अनुरोध छ- कृ     पया मेरो व्यक्तिगत जीवनका बारेमा काल्पनिक समाचार नलेखिदिनुहोला । मन्जुजीको इज्जत र प्रतिष्ठामा आँच आउने अमर्यादित कथा नकथिदिनुहोला । हाम्रा सन्तान को सुख र शान्तीकालागी परपीडक ट्रोल र भिडियो नबनाईदिनु होला !

“कसैको निजी जीवनका बारेमा कपोकल्पित समाचार बना  उने, असम्बन्धित मान्छेसँग नाम जाेड्ने, हाम्रो विगतको जीवन, वर्तमानको विवाह तथा भविस्यको योजनाका बारेमा अनुमान कारिता नगर्नुहुन पनि अनुरोध गर्दछु । त्यसैगरी हाम्रो नितान्त व्यक्तिगत मामिलाका बारेमा अनाबश्यक सामग्री बनाउने कानुनी, व्यवहारिक र सामाजिक अनुमति कसैलाई नभएको कुरापनि जोडदार रुपमा जाहेर गर्दछु ।

“बिगतका अराजक अन्तर्वार्ता, असामाजिक क्रियाकलाप तथा अभद्र व्यवहारका कारण म र मेरा छोराछोरीले ठूलो आघातबाट गुज्रनु परेको छ । त्यस्ता क्रियाकलापलाई स्थान दिने, उचाल्ने र गिजोल्ने युट्युब, अनलाइन समाचार, टिकटक लगायत संजा लका प्रयोगकर्ताहरुलाई पनि भद्र सुझाव छ- कृपया एउटा जि म्मेवार अभिभावक भएर बोल्ने र लेख्ने गर्नुहोला । सामाजिक सन्जालको चरम दुरुपयोगले आफू र आफ्ना सन्तानलाई पार्न सक्ने गंभिर असरलाई पनि महशुस गर्नुहोला ।

“अन्त्यमा, पुनः सम्पुर्णं आफन्त, साथी तथा शुभचिन्त कहरुलाई यो सुखद जानकारी गराउछौँ कि हामीले आज     मिति २०७८ साल असोज २५ गते सोमबार बिहान डोलेश्वर महादेवकाे दर्शन गर्यौँ । त्यसपछि परिवारको उपस्थितिमा   त्यहीँ विवाह सम्पन्न गर्यौँ ।

“अनि, सपरिवार मानवसेवा आश्रम (कौशलटार)मा रहेका बुवाआमालाई खाना खुवाएर/खाएर विवाह सम्पन्न गरेकाछौँ । परिस्थिति सिर्जित हाम्रो यो नयाँ अध्यायलाई शुभकामना र आशिर्वाद प्रदान गर्ने सबैलाई धन्यवाद 🙏

नवदुर्गा भवानीले सबैको रक्षा गरुन् । बडादशैँकाे हार्दिक शुभकामना 🌷

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News