“नेपालगञ्जबाट मुगुका लागि छुटेको यात्रु बस मुगु जिल्लाको राराछायानाथ नगरपालिका वडा नम्बर ७ मा दुर्घटनाग्रस्त हुँदा कम्तीमा ३२ जना को मृ,त्यु भएको छ।

“मुगु जिल्लाका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले २८ जनाको मृ,त्यु भएको पुष्टि गरेका हुन्। उक्त दु,र्घटनामा घा’इते भएका र उपचारका लागि नेपालगञ्ज पुर्‍याइएका मध्ये थप चारजनाको पनि मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

बस दु:र्घटनामा हालसम्म ३२ जनाको मृत्यु भएको छ।

“मुगुका प्रजिअ महतले भने, “श’व’हरूलाई जिल्ला अस्पताल मुगुमा राखिएको छ। घाइते १६ मध्ये १३ जनालाई हेलिकोप्ट रमार्फत् नेपालगञ्ज पुर्‍याइएको छ।”उपचारका क्रममा मृ`त्यु

“त्यसरी पुर्‍याइएका चारजना घा`इतेहरूको बाँकेका विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको हो।

“एक जनाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र तीन जनाको मेडिकल कलेज नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो।

“अहिले बाँकेका अस्पतालमा १२ जना घाइते हरुको उपचार भइरहेको छ। तीमध्ये १० जना मेडिकल कलेज कोहलपुर र २ जनाको शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ।

बसमा कति थिए यात्रु?

“मुगुका प्रजिअ महतका अनुसार बस भिरालो कच्ची बाटोबाट करिब २ सय मिटर तल खसेको थियो।

“बुलबुले प्रहरी चौकी जुम्लाका अनुसार त्यहाँ चेक-जाँच गर्दा बसमा ४३ जना यात्रु थिए। उद्धार र श`व सङ्कलनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको उनले बताए।

“दु:र्घटना यही कारण भन्ने यकिन नभए पनि बसको टायर पङ्चर भएर हो कि भन्ने आशङ्का गरिएको बताइएको छ।अघिल्ला वर्षहरूमा पनि दशैँका बेला सवारी साधनमा क्षमता भन्दा बढी मान्छे कोचेर दु`र्घटना हुने गरेका विवरण आउने गरेका थिए। स्रोत bbcनेपाली ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News