काठमाडौं ,२६  असोज । कर्णाली  प्रदेशका  मुख्यमन्त्री महेन्द्र बहादुर  शाहीले  आगामी कार्तिक ५ गते पदबाट राजीनामा दिने भएका छन् । नेपाली कां ग्रेससँगको भद्र सहमतिअनुसार उनले पदबाट राजीनामा दिने भएका हुन् । शाहीले राजीनामा दिएपछि कांग्रेसका

कर्णाली  प्रदेशका   संसदीय  दलका  नेता  जीवनबहादुर  शाही मुख्यमन्त्री  बन्ने भएका  छन् ।यसअघि   मुख्यमन्त्री   शाहीको सरकारलाई  कांग्रेसले   विश्वासक मत दिएर जोगाएको थियो । त्यतिबेला नै  कांग्रेस र  माओवादी  केन्द्रबीच  सरकारमा आलो पालो गर्ने सहमति बनेको थियो । २०७८ बैशाख २ गते

कांग्रेस , माओवादी  केन्द्र  र  माधव  नेपाल  समूह (तत्कालिन एमाले)  बीच ११  बुँदे सहमति भएको बताईएको छ ।त्यतिवेला तीन  दलबीच  मुख्यमन्त्री  शाहीलाई   विश्वासको  मत  दिने  ६ महिनापछि स रकारको   नेतृत्व कांग्रेसले  गर्ने  नै  मूल सहमति भएको थियो । सोहीअनुसार आगामी

कार्तिक  ५  गते  नै आफूले  राजीनामा दिन लागेको मुख्यमन्त्री शाहीले   पत्रकार   ऋषि  धमलालाई   जानकारी   दिए । उनले त्यसपछि  सरकारको  नेतृत्व  जीवनबहादुर  शाहीले   गर्ने  पनि जानकारी दिए । श्रोत : Reportersnepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News