काठमाडौं / अष्टमी सुरु हुने राती बुवाले आफ्नै छोराको ह त्या गरेका छन् । सल्यान बनगाड कुपिण्डे नगरपालिका–१० माझ काडामा ५५ वर्षीय बुवा निमबहादुर कुँवरले आफ्नै छोरा ३३ वर्षीय रुपलाल कुँवरको ह त्या गरेका हुन् ।

दसैंमा का ट्ने खसीको विषयलाई लिएर सामान्य घरायसी विवाद हुँदा करिब राति १० बजे तिर घरेलु हति,यार हँसियाको प्रयोग गरेर छोराको ह त्या गरेको प्र’हरीले जनाएको छ ।

अन्य समाचार : काठमाडौँ । यो महिनामा झण्डै नौ लाख नाग रिकले काठमाडौँ उपत्यका छाडेका छन् । दसैँ, तिहार, छठल गायतका पर्वमा घर जानेको सङ्ख्या दैनिक बढिरहेको छ । असोज महिनाको १ गतेबाट अहिलेसम्म उपत्यका छाड्नेको सङ्ख्या नौ लाख पुगेको र अझै बढ्ने देखिएको यातायात व्यवसायीले बताएका छन् ।

यो वर्ष गत वर्षभन्दा दोब्बर यात्रु उपत्यकाबाट बाहिरिने अनु मान गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले बताउनुभयो । उहाँका अनुसार दसैँको अघिल्लो दिनसम्ममा झण्डै १२ लाख उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । उहाँले भन्नुभयो, “दुई तीन दिनमा उपत्यका छाड्नेको सङ्ख्या अझै बढ्नेछ ।”

दुई वर्ष पहिलेसम्म २५ लाखभन्दा बढीले दसैँको समयमा उपत्यका छाड्ने गरेका थिए । गत वर्ष कोभिड– स`ङ्क्रम णको जो`खिम रहेकाले त्यो सङ्ख्या ह्वा`त्तै घटेको थियो ।

झण्डै चार पाँच लाखले मात्रै गत वर्ष उपत्यका छाडेको अनुमान गरिएको थियो । यो वर्ष गत वर्षभन्दा बढी यात्रु भए पनि सामा न्य अवस्था भन्दा धेरै कम छन् । उहाँले भन्नुभयो, “अघिल्लो वर्ष अग्रिम टिकट नै खुलाइएको थिएन, अहिले खुलाइएको छ ।”

सरकारले घटस्थापना (असोज २१) देखि नै सवारीसाधन जुनसुकै रुटमा गुड्न पाउने गरी खुला गरिसकेको छ । याता यात व्यवसायीले सोही दिनदेखि अग्रिम टिकट खुलाएको थियो । यात्रुलाई समस्या नहोस् भनी ठाउँ ठाउँमा विभिन्न स्थानमा सहायता कक्ष रहेका छन् ।

घटस्थापनाको केही दिनसम्म पनि कार्यालय सञ्चालन हुने भएकाले सार्वजनिक बिदादेखि नै उपत्यका छाड्नेको सङ्ख्या बढ्ने गर्छ । यति बेला यात्रु एकोहोरो जाने मात्रै धेरै र,,हेको महास चिव सिटौलाले बताउनुभयो ।

विजया दशमीको दिनदेखि भने काठमाडौँ उपत्यका फर्कनेको सङ्ख्या धेरै हुनेछ । उहाँ ले भन्नुभयो, “अहिले भरिएर गएका बस रित्तै आइरहेका छन् भने टीकाको भोलिपल्टदेखि यहाँबाट रित्तै गएर भरिएर आउँछन् ।”

दसैँको समयमा सडकमा सवारीसाधनको चाप ह्वात्तै बढ्ने भए पनि यो वर्ष देशभरका धेरै स डक बिग्रिएका थिए । केही दिन पहिलेसम्म पनि वर्षा नरोकिएकाले मर्मत सुरु गर्न नसकिएको सडक विभागले जनाएको थियो ।

एक सातायता भने तीव्र रुपमा मर्मत भइरहेको छ । दसैँको टीकाको दिनदेखि पूर्णि,,मासम्म नै फर्किनेको चाप भएकाले सडक तयारी अवस्था मा हुनुपर्ने उहाँले बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News