२७ असोज, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अ,ब्दुल्लाह अलमुताईरि एपछि नेपाल छा,ड्ने बता एका छन् माल्दिभ्स मा जारी साफ च्या,,म्पियनसिप २०२१ अन्तर्गत बुधबार बंगलादेश विरुद्ध १–१ को खेलपछि प्रेस कन्फ्रे न्समा उनले साफपछि राजीनामा दिएको बताएका हुन् ।

‘साफको फाईनल नेपाली टिमका लागि मेरो अन्तिम खेल हुनेछ, अब म नेपाल फर्कने छैन’ उनले भनेका छन् । अल मुताईरिको प्रशिक्षणमा नेपालले साफमा ऐतिहासिक सफल  ता हात पार्दै पहिलो पटक फाईनल पुगेको छ ।

५ राष्ट्र सहभागि साफमा नेपाल ४ खेलबाट ७ अंक जोडेर शीर्ष दुईमा रहँदै फाईनल पुगेको हो । अलमुताईरि गत चैतमा एक वर्षको लागि नेपालको प्रशिक्षक नियुक्त भएका थिए ।

अलमुताईरीको प्रशिक्षणमा नेपालले खेल्ने मानसिकतामा परिवर्तन भएको छ । उनले यसअघि पनि राजीनामा दिने    भन्दै सामाजिक सञ्जालमा लेखेर विवादमा आएका थिए ।

यो पनि,,इतिहासकै पहिलो पटक नेपाल साफ च्याम्पियनसि  पको फाइनलमामा

माल्दिभ्समा जारी सा,फ च्या,म्पियनसिप २०२१ मा नेपाल फाइनल प्रवेश गरेको छ।बुधबार माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा भए,को खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलोपटक फाइनलमा पुगेको हो।

नेपालले बंगलादेशविरूद्ध दोस्रो हाफमा गोल गरेको थियो। नेपालका लागि अन्जन विष्टले ८८ औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेका हुन्। बंगलादेशका सुमन रेजाले नेपालविरूद्ध खेल को नवौं मिनेटमा गोल गरेका थिए। बराबरीसँगै नेपालले चार खेलबाट ७ अंक जोडेको छ।

दोस्रो स्थानको माल्दिभ्सको ६ अंक र तेस्रो स्थानमा भारतको ५ अंक छ। अहिले राति ९:४५ बजे भारत र मा,ल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ।

फाइनलमा पुग्न माल्दिभ्सलाई बराबरी भए पु,ग्छ भने भारतलाई जीत चाहिन्छ। यो खेलको नतिजापछि नेपालले फाइनलमा भिड्ने टिमको टुंगो लाग्नेछ।

नेपालले यसअघि खेलेका १२ संस्करणमा फाइनलमा स्थान बनाउन सकेको थिएन। त्यसैले नेपाली फुटबलका लागि यो ऐतिहासिक सफलता हो।

फाइनल खेल आउँदो शनिबार नेपाली समयअनुसार राति ८:४५ मा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News