आज श्री शाके १९४३ बि.स.२०७८ साल असोज २८ गते बिहिबार इश्वी सन २०२१ अक्टोबर १४ तारीख आश्विन शुक्लपक्ष नवमी तिथी उत्तराषाढा नक्षत्र सुकर्मा योग वालव करण चन्द्रमा मकर राशिमा आनन्दादि योगमा सौम्य योग राक्षसनाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु महानवमी स्याक्वत्याक्व विश्व गुणस्तर दिवस (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सभासम्मेलन जन्य कार्यका क्षेत्रमा मान सम्मान प्राप्तीको योग रहेकोछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहेनछ । पारीवारिक झोर झमेलाको सामना गर्नु पर्ने समय रहेकोछ । परीश्रम अनुरुपको फल प्राप्ती हुने समय रहेकोछ । सामाजीक कार्यका क्षेत्रमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) पारीवारीक मनो रञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । कार्य सम्पादन मा ढीलाई हुनाले सामान्य अप्जस सहनु पर्ला परिवारको मार्ग दशर्न नमान्दा कार्यको क्षेत्रमा अपजस खेप्नु पर्नेछ । नयाँ मित्र हरु सगँ को भेट घाटमा “सामान्य यात्रा तथा खर्च हुन सक्ने सम्भाबना रहेको छ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) अब शारीरिक आलस्यातले गर्दा गरीरहेको काम को क्षेत्रमा अपजस सहनु पर्ला ।सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ता उत्पन्न हुनेछ । आम्दानि मध्यम रहेता पनि “बोलि को कारण साधारण दुर्घटनाको सम्भाबना रहेको छ । नजिकका ब्यक्तिहरु को साथ छुट्नाले सहकार्यमा झन्झट ब्यर्होनु पर्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) जीबन साथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुने छ । मानसीक चन्चलताले सताउन सक्नेछ । सामान्य कार्यमा अधिक श्रम र समय ब्यतित हुन सक्नेछ । बोलि को प्रभुत्वले मानसम्मानको प्राप्ति हुनेछ ।” कार्य सम्पादनका क्षेत्रमा साव धानि साथै गोप्यता अपनाउनु पर्ने देखिन्छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला । मनमा चन्च लताले बास गर्नाले सहि निर्णय गर्न नसकीएला । शुभ चिन्तक को बृद्यि हुनाले मनमा उत्साह बढ्नेछ परोपकारको क्षेत्रमा पनि समय र धन खर्चनु पर्ने समय रहेको छ । यात्रामा एक्लोपनको महसुस हुनसक्ला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) आय आर्जनमा बृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ बौधिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा बृद्यि गर्नेछ । आफु भन्दा सानाको सहयोगमा गरिएको कार्यहरु सफल रहनेछन । बौधिक ब्यक्तित्व सगँको सामिप्यता आगामी दिनलाई मार्गदर्शन बन्नेछ ।

तुला राशि (र, रि,  रे, रो, ता, ति, तु, ते) पारीबारिक मनोरञ्जन का निम्ती धेरै समय र पैसा खर्चनु पर्नेछ । आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ । सामान्य कठिनाई पश्चात मनग्य आम्दानीका स्रोतहरु फेला पर्नाले मन उत्साहित रहनेछ । पारीवारिक झोरझमेलाको फन्दामा परिनाले दिन निरासा पुर्ण रहला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफ्नै घमन्ड का कारण दाजु भाई बिचको सम्बन्धमा सामान्य खराबि उत्पन्न हुन सक्नेछ । भौतिक स्रोत साधनको प्र”योगमा समय ब्यतित रहन सक्छ । आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) आफन्तजन बिच को भेटघाटले मन प्रशन्न रहला । मित्रहरुको साथ सहयोग बाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । स्वास्थमा आए को खरा”बिले कार्यमा ढिलाई उत्पन्न गराउनेछ । सामान्य बाद बि‘बादको चक्करकाट्नु पर्नेछ । अरुको अनुशरणले तपाईलाई समान्य झन्झट वा अपजस दिलाउन सक्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) परीवारका कोहि सदस्यहरुको स्वास्थमा खराबी आउन सक्नेछ । मान प्रतिष्ठामा बृद्यि हुने योग रहेको छ । मनमा आट र शाहस को कमिले कार्य सम्पादनमा झन्झट ब्यहोर्नु पर्ला । जिबन साथीको सहयोगले ब्यापार ब्यवसायमा सुधार आउनेछ । सहि निर्णय हुन नसक्दा परिबारीक कलहको सामाना गनुपर्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) शत्रु सबल रहनाले कुराकाट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ अनावश्यक खर्च नियन्त्ररण गर्न गारो हुन सक्ला । आफ्नु प्रिय ब्यक्ति सगँको बियोगले मन निरुत्साहित रहला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ । आय आर्जनको लागी राम्रो समय रहेता पनि सामान्य खर्च हुन सक्छ । नयाँ मित्र सगँको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ । आम्दानी बृद्यिका लागी बीद्योत ब्यक्तित्वहरुको मार्गदर्शन अबलंबन गर्नु लाभदाइक रहला । आय आम्दानिका क्षेत्रमा जुट्ने समय रहेकोछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News