२८ असोज,  झापा । प्रमुख  विपक्षी  नेकपा  एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा सरकार कसरी बनेको रहेछ बल्ल  थाहा  भएको  बताएका  छन् ।हालै  भएको मन्त्रिपरिषद् विस्तारमा  प्रधानन्यायाधीशका  जेठानलाई  मन्त्री बनाएकोतर्फ संकेत गर्दै उनले सट्टापट्टा भएको प्रष्ट भएको बताए ।

गृहजिल्ला  झापामा  बिहीबार  आयोजित  कार्यक्रममा ओलीले पैसाको कारोबार  नहुँदा वार्टर सिस्टममा काम हुने गरेको बताए यो सरकार पनि  कसरी  बनेको रहेछ अहिले थाहा भएको भन्दै उनले  भने, ‘पैसाको  का,रबाही  भयो  कि भएन थाहा भएन । सट्टापट्टा  भएको स्पष्टै  देखियो । अरु  केके भएको थियो, पछि देखिएला ।’

यो पनि,,
२८  असोज, काठमाडौं । राष्ट्रपति   विद्यादेवी  भण्डारीले  साफ फुटबल  प्रतियोगिताको  फाइनलमा  पुगेर राष्ट्रिय गौरव हासिल गर्न  सफल  भएकामा  नेपाली फुटबल टोलीलाई बधाई दिएकी छिन्  ।उनले  साफ  फुटबल  प्रतियोगिताको  इतिहासमा प्रथम पटक फाइनलमा

पुगेर राष्ट्रिय  गौरव हासिल गर्न सफल भएकामा नेपाली फुटबल टोलीका  सम्पूर्ण  खेलाडी  ‚ प्रशिक्षक   तथा   पदाधिकारीलाई सामाजिक  सञ्जाल  ‘ट्विट ’ मार्फत आज बधाई दिएकी हुन् । राष्ट्रपति भण्डारीले खेलको  फाइनल प्रतिस्पर्धामा समेत सफल ताका लागि अग्रिम शुभकामना दिइन् ।

बुधबार  भएको खेलमा बङ्गलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलोपटक  साफ  च्याम्पियनसिपको  फाइनलमा पुगेको हो । अब फाइनलमा  नेपाल  र भारतबीच प्रतिस्पर्धा हुनेछ । बुधबार नै भारतले  मालदिभ्सलाई  ३–१ ले  पराजित  गर्दै नेपालसँगको उपाधि भिडन्त पक्का गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News