दसैँमा  टीकाको  जति  महत्त्व  छ,  त्यति  नै दक्षिणाको पनि । ठुलाबडाको  हातबाट   आशीर्वाद   टीका   ग्रहण   गरिसकेपछि दक्षिणाको रूपमा नगद पैसा  पाइन्छ । जुन तपाईँले पनि पाउनु भयो होला । वा  पाउँदै  हुनुहुन्छ । याद  गर्नु होस्, अब तपाईँले पाउने पैसा कसरी सुरक्षित राख्ने ?

नोटको सुरक्षा  गर्न नोटलाई  सकभर वालेट वा पर्समा नपट्याई कन  राख्नुहोस् । सकभर नोटमा कुनै पनि प्रकारको रङ नदल्नु होस् । नोटमा  जथाभाबी  लेख्ने, केरमेट गर्ने वा स्टिच गर्ने पनि नगर्नुहोस् । नोटलाई ज,लाउने वा च्यात्ने जस्ता गैर ऐन विपरीत का काम झुक्किएर पनि नगर्नुहोस् ।

यो पनि ,, दक्षिणाको  महत्त्व : पैसा दिने चलन कहिलेबाट सुरु भयो ?​थाहा छ, यस्तो  गतिविधि  गरेमा तपाई जे,ल समेत जानु पर्ने हुन  सक्छ । नोटको  दुरुपयोग  वा  जथा,भा,बी प्रयोगलाई नेपाल  राष्ट्र  बैङ्कले ऐनमा नै व्यवस्था गरेर दण्डनीय बनाएको छ । मुलुकी अ,प,राध संहिता २०७४ ले नोटमा फो,होर गर्ने

जथाभाबी केरमेट  गर्नेलाई  ३ महिना  जेल र ५ हजार जरिवाना को व्यवस्था  गरेको छ ।  प्रायः सुकिला  र  कटकटिएका  नयाँ नोट दसैँ तिहारमा नै प्रयोगमा ल्याइन्छ । फेरि नोटको हिफाजत को चुनौती  पनि  यही दसैँ–तिहारमा  नै बढी हुने गर्छ । किनकि दसैँ तिहारमा दक्षिणाका रूपमा प्रयोग गरिने नोटमा अबीर,

केशरी,  तथा  पानी छर्कने चलन छ । सकभर यसो नगर्नुहोस् ।बरु दक्षिणास्वरुप प्राप्त गर्ने रकमलाई हिफाजतसाथ राख्नुहोस् र कुनै राम्रो  प्रतिफल दिने  क्षेत्रमा लगानी गर्नुहोस् । ता कि यो लगानीले तपाईँको भविष्य उज्ज्वल हुन सकोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News