“काठमाडौँ । भुटानका प्रधानमन्त्री लोटे छिरिङ ले दसैँको अवसरमा नेपालीसहित नेपाली भाषी हरु लाई शुभकामना व्यक्त गर्दै यो दसैँ विशेष भएको बताएका छन् ।‘महत्त्वपूर्ण चाड दसैँमा सबै

“आमा(बुवा, दाजु(भाइ, दिदी–बहिनीमा म र मेरो परिवार हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछ । यस विशेष चाडमा सबैको सुख शान्ति र समृद्धिको कामना गर्दछौँ,’ छिरिङले भिडियो मार्फत भनेका छन् ।

“साथै यस वर्ष भुटानको दसैँ पर्व विशेष रहेको पनि उनले बताएका छन् ।भुटानका राजा रानीले विवाह गरेको १० वर्षको अवसरमा यस वर्षको दसैँ विशेष भएको उनले बताएका छन् ।‘भुटान मा यस वर्षको दसैँ विशेष भएको छ ।

“यस पटक श्री ५ महाराजाधिराज र महारानीको विवाह भएको १० वर्ष पुगेको छ । उहाँहरूले हामीलाई सुख दिन धेरै मेहनत गर्नुभयो ।जसको लागि उहाँहरूलाई हामीले सधैँ धन्यवाद दिएका छौँ ।

“साथै उहाँहरूले हामीलाई राजकुमार दिनु भएको मा हामी खुसी छौँ,’ प्रधानमन्त्री छिरिङ ले भनेका छन् ।को-भि’ड महामारीका कारण भेटघाट गर्न र टीका लगाउन सुरक्षित नहुने भएकाले संयम भएर दसैँ मनाउन उनले आग्रह गरेका छन् ।

“को-भि’ड सङ्क्रमणबाट अति कम क्षति भएका विश्वभरका देशमध्ये भुटान पनि एक हो ।प्रधान मन्त्री छिरिङले शुभकामना सन्देशको क्रममा आफ्ना राजाको आशीर्वादका कारण क्षति बढ्न नपाएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News