बझाङ l बझाङको थलारा गाउँपालिका वडा नं ४ डिख्लामा मंगलबार बिहान ४ बजे पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । गाँउभन्दा माथि ढोगदिना भन्ने ठाँउबाट पहिरो जाँदा तल्लो डिख्ला र दुई गाँउका स्थानीय विस्थापित भएका भने ७ घर पुरिएका छन् ।

बे’प’त्ता’ हुनेमा गगने शार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका ५ जना रहेका छन् । गगने शार्की रोजगारीका लागि भारतमा छन् । उनका माईला छोरा काले शार्की मात्र शकुसल छन् ।

बे”प’त्ता हुनेमा गगने शार्कीको घरका हर्कु शार्की ध,नगिरी शार्की, सिता शार्की, प्रवाश शार्की, भूमिका शार्की, चिरञ्जीवी शार्की, इस्सरा शार्की, संजीव शार्की, सविता शार्की, सरोज शार्की,

शर्मिला शार्की, पम्मा शार्की, सुवाश शार्की, विकास शार्की, एक जना नाम नखुलेका रहेका छन् भने मदन शार्की(सरस्वती आवि पिपलगडा का शिक्षक) कलुदेवी शार्की र एलिसा शार्की गरेर १८ जना रहेका छन् । यस्तै नरे पार्कीका घरका उजली पार्की, आयुष पार्की, हिमा पार्की, सिमा पार्की गरेर ५ जना रहेका छन् ।

तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्था नीय विस्थापित भई त्रिभुवन मा.वि. महेन्द्रधार मा बसिरहेका छन् । गाउँ पहिरोको जोखिममा रहेपछि सयभन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेको शान्ती मा.वि पाराकाट्नेका शिक्षक मदन बहा दुर साउँदले बताए ।

उनले भने,‘बिहानैदेखि हामीले प्रहरी, पत्रकार लाई फोन गर्न धेरै प्रयास गर्‍यौं तर नेटवर्कले काम गरेन । बिहान ४ बजे सुतेकै स,मयमा पहिरो आएछ । आदीले भागेर ज्यान बचाए । आदी निदाएकै अवस्थामा पहिरोसँगै बेपत्ता भएका छन् ।

अहिले पानी रोकिएको छैन । प्रहरी चौकी मालु मेला, खोली र जिप्रकामा कुरा भइसकेको छ तर घ’टना”स्थलसम्म पुग्ने बाटो असहज भएको र जयपृथ्वी राजमार्ग अवरु,द्ध भएका कारण यहाँ पुग्न सकेका छैनन् ।

हामीहरु यहाँ महेन्द्रधारको डाँडामा रहेका केही पसल र विद्या लय बसिरहेका छौं । पानी निरन्तर परिरहेकाले चिसो छ । साना बालबालिका र वृ,द्ध,वृ,द्धहरु छन् सा,ह्रै गाह्रो छ । खान पनि समस्या छ। ’

सुदूरपश्चिमका पहाडी जिल्लामा सञ्चार सेवा अवरु,द्ध हुँदा थप विवरणका लागि सम्पर्क हुन सकेको छैन । बा,ढीले सडक अव रु,द्ध भएको र नेटवर्क नहुँदा समयमै खबर नपाएकोले उ,द्धार मा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय ब,झाङका प्रमुख डिएसपी रुपक खड्काले बताए ।

उनले भने, ‘पहिरोमा परेर बेपत्ता भएको भन्ने खबर आएको छ । लगातार पानी परिरहेकोले बाटो अवरु,द्ध छ । घ,टनास्थल टाढा भएका कारण पुग्न सकिएको छैन ।’द जेपी डेलीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News