काठमाडौं । नेकपा एमाले  अध्यक्ष   केप शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारका  पालामा  गरेका  आधा  कामले नै गिनिज बुक अफ  वर्ल्ड रेकर्ड्स  भरिने बताएका छन् ।बुधबार बागमती प्रदेशद्वारा आयोजित कार्यक्रममा बोल्दै आफ्नो नेतृत्वको सरका रले गरेका आधा कामले नै गिनिज बुक भरिने उनले बताए ।

उनले  भने, ‘हामीले  गरेका आधा कामले गिनिज बुक भरिन्छ । हामीले एकैचोटी २ सय १०  वटा सडक  शिलान्यास  गर्यौँ । यो सरकारले के गर्यौ ? ’उनका अनुसार देश विकास एमालेले मात्र गर्न सक्छ  अरु  कसैले गर्न सक्दैन । ‘काम गर्न हुति चाहिन्छ । काम गर्न  एमालेले मात्र सक्छ । आज म यो देश बनाउने मान्छे चिनाइदिन्छु । कस्ले बनाउछ यो देश ?,’ उनले भने ।

यो पनि,,नेपाली  राष्ट्रिय फुटबल टिमलाई साफ च्याम्पियनसिप को फाइनल चरणमा  पुर्याउन महत्वपूर्ण  भूमिका निर्वाह गरेका प्रशिक्षक  अब्दुल्लाह  अलमुताइरी  प्रशिक्षकको  रुपमा  नेपाल फर्कन  सकारात्मक  देखिएका  छन्।  बुधबार  अखिल   नेपाल फुटबल  संघ  (एन्फा)  का  अध्यक्ष   कर्माछिरिङ   शेर्पासँगको छलफलपश्चात्

उनी प्रशिक्षकका रुपमा नेपाल फर्कन सकारात्मक भएका हुन्।अध्यक्ष शेर्पा र अलमुताइरीबीच बुधबार कतारमा गहन छलफल भएको  थियो।  दुई  बीचमा  भएको  सकारात्मक छलफलपछि अध्यक्ष  शेर्पाले  सामाजिक  सञ्जालमा अलमुताइरी र आफ्नो तस्बिर समेत सार्वजनिक गरेका छन्।

२८ वर्षको  साफको  इतिहासमा पहिलो पटक फाइनल खेलमा पुगेको नेपाली टिमलाई  लिड गर्न चुकेका प्रशिक्षक अल्मुताइरी ले नेपाली  टिमलाई  अन्तिम चरणसम्म पुर्याउन निकै संघर्ष गरे तैपनि साफले प्रतिबन्ध लगाएका कारण उनले नेपाली टिमलाई फाइनल  भने  खेलाउ न पाएनन्।  साफमा  उपविजेता   बनेको नेपालले भारतसँग ३-० ले पराजित हुनुपर्यो ।

फाइनल  खेलपछि  अलमुताइरी   माल्दिभ्सबाटै   आफ्नो  देश कुवेतका लागि प्रस्थान  गरेको भ निएको  थियो । तर,  अध्यक्ष शेर्पा  र  अलमुताइरीको  भेटले  त्यो  झूठो  सावित भएको छ । साथै, अलमुताइरी  फेरि पनि  प्रशिक्षकको रुपमा नेपाल फर्कन सकारात्मक देखिएको अध्यक्ष शेर्पाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News